मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

संघीय रिजर्भको ब्याजदर यथावत् राख्ने निर्णय, ट्रम्पको दवाव अस्वीकार

संघीय रिजर्भको ब्याजदर यथावत् राख्ने निर्णय, ट्रम्पको दवाव अस्वीकार

Federal Reserve Chair Jerome Powell तस्बिर: सामाजिक संजाल

वासिंगटन डिसी । संघीय रिजर्भ (Federal Reserve) को खुला बजार समितिको बुधबार सम्पन्न बैठकमार्फत संघीय कोषको ब्याजदर ४.२५ प्रतिशत देखि ४.५ प्रतिशतको दायरामा यथावत् राख्ने निर्णय गरेको छ। उक्त निर्णय ९–२ को मतले पारित भएको हो।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदरमा तीव्र कटौती गर्न दबाब दिँदै आए पनि फेडको निर्णयले ट्रम्पको माग अस्वीकार गरेको छ। ट्रम्पले अर्थतन्त्रको गतिको बहानामा ब्याजदर घटाउन जोड दिँदै आएका थिए।
यो निर्णयप्रति गभर्नर मिशेल बोमन र क्रिस्टोफर वालरले असहमति जनाएका छन्। उनीहरूले अर्थतन्त्रमा सहजता ल्याउन ब्याजदर घटाउनु पर्नेमा जोड दिएका थिए। यो सन् १९९३ यता पहिलो पटक हो, जब दुई गभर्नरहरूले मतदान नै नगरी असहमति जनाए।
फेड अध्यक्ष जेरोम पाउवेलका मुख्य टिप्पणीहरू:
  • हालको नीतिगत अवस्था “हामीलाई राम्रो स्थितिमा राख्दछ”
  • उपभोक्ता खर्चमा कमी आएकोले आर्थिक वृद्धिमा मन्दी देखिएको
  • आवास बजार कमजोर अवस्थामै रहेको
  • मुद्रास्फीति अझै “केही उच्च” रहेको
  • भन्सार शुल्कका कारण केही वस्तुमा मूल्य वृद्धि भइरहेको
  • सरकारी नीतिहरूमा परिवर्तन भइरहेका कारण अनिश्चितता कायमै रहेको
पाउवेलले संकेत गरेका छन् कि फेडले अझै केही समय मौद्रिक नीतिमा यथास्थिति कायम राख्नेछ, जसले निकट भविष्यमा ब्याजदर परिवर्तन नहुने अनुमान गर्न सकिन्छ।
यस निर्णयको असर बजार, लगानीकर्ता र उपभोक्ताहरूमा कस्तो पर्छ भन्ने आगामी आर्थिक आँकडाले प्रष्ट पार्नेछ।

शेयर गर्नुहोस:

3.6k
Shares