मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा

रुससँगको व्यापारप्रति चिन्ता व्यक्त


शेयर गर्नुहोस:

756
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गर्दै भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत आयशुल्क (ट्यारिफ) लगाइने बताएका छन् । साथै, भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरिद गरिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसबारे थप कदम चालिने संकेत पनि दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत आफ्नो सन्देश सार्वजनिक गर्दै भने,“भारत हाम्रो मित्र हो, तर उसले विश्वमै उच्चतम आयशुल्क तथा जटिल व्यापारिक नियमहरू अपनाएको छ, जसका कारण व्यापारिक सम्बन्ध अपेक्षाकृत सशक्त बन्न सकेको छैन ।”

उनले अमेरिका–भारतबीचको व्यापार घाटालाई ‘ठूलो’ भन्दै त्यसमा सुधार गर्न यो निर्णय आवश्यक रहेको बताए । राष्ट्रपति ट्रम्पले रुससँग भारतको निकटता र सैन्य तथा ऊर्जा खरीदलाई युक्रेन युद्ध सन्दर्भमा गम्भीररूपमा लिएका छन् ।

“भारत र चीन अहिले रुसका ठूला ऊर्जा खरीदकर्ता हुन्, यस्तो बेला जब विश्वले रुसलाई युक्रेनमा भएको हिंसा रोक्न आग्रह गरिरहेको छ,” ट्रम्पले उल्लेख गरे ।

यद्यपि, उनले भारतमाथि लाग्ने भनिएको अतिरिक्त ‘कारबाही’ को स्पष्ट विवरण दिन बाँकी छ । विश्लेषकहरूका अनुसार, यो निर्णय रुसमाथि दबाब सिर्जना गर्न तथा व्यापार सन्तुलन मिलाउन गरिएको हो ।

राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति पुटिनलाई १० दिनको समय दिँदै चेतावनी दिनुभयो, यदि सो अवधिमा मार्ग परिवर्तन भएन भने थप कठोर कदम चालिनेछ ।

भारत र अमेरिका बीच पछिल्लो समय व्यापक व्यापार वार्ता भएको थियो । तर, कृषिजन्य र दुग्ध उत्पादन क्षेत्र खुलाउने विषयमा भारतको सतर्कता र ट्रम्प प्रशासनको कडा मागबीच सहमति हुन सकेको छैन ।

हाल भारतबाट अमेरिका पठाइने अधिकांश वस्तुहरूमा करिब १० प्रतिशत आयशुल्क लागिरहेको छ, जुन अब बढेर २५ प्रतिशत पुग्ने तयारी गरिएको छ ।

साथै, राष्ट्रपति ट्रम्पले अन्य देशहरूसँग पनि व्यापार सन्तुलन कायम गर्न नयाँ ट्यारीफ लगाउने चेतावनी दिइरहेका छन् । ब्राजिलमाथि उनले ५० प्रतिशतसम्म आयशुल्क लगाउने सम्भावना व्यक्त गरे । एएफपी

शेयर गर्नुहोस:

756
Shares