मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
टेक्सस   
मुख्य समाचार   

सानफ्रान्सिस्कोको नेपाली भलिबल टिमले जित्यो आठ हजार डलरको एनएसटी कप

सानफ्रान्सिस्कोको नेपाली भलिबल टिमले जित्यो आठ हजार डलरको एनएसटी कप


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आयोजनामा शनिबार र आइतबार भएको अन्तरराज्य भलिबल प्रतियोगितामा न्यूयोर्कलाई हराउँदै क्यालिफोर्निया विजयी भएको छ ।

अमेरिकाका बिभिन्न राज्यका १६ वटा नेपाली टिमको सहभागिता रहेको भलिबलमा आइबार फाइनल आयोजना गरिएको थियो । आइतबार अपरान्ह ग्राण्डपेरीको इन्डोर भलिबल कम्प्लेक्समा आयोजित प्रतियोगितामा सोझो तीन सेटमा तीनै सेट जितेर सानफ्रान्सिस्को भलिबल टीम एनएसटी कपको विजेता भएको हो ।

Advertisement

लगातार पहिलो तीन खेलमा क्यालिफोर्नियाको सानफ्रान्सिस्को भलिबल टिमले जितेपछि बाँकी दुई खेलहरू भएनन् । न्यूयोर्कका खेलाडीहरुले पनि निकै रोचक र प्रतिस्पर्धात्मक रुपमा खेल खेलेका थिए । तर नतिजा अाफ्नो पक्षमा पार्न सकेनन्  ।

उपविजेता न्यूयोर्कको रिजवड नेपाली सोसाइटीको टिम भयो । त्यस्तै सेमी फाइनलमा रुकुम पश्चिम टिम बिजयी भएर तेस्रो भएको छ ।

प्रतियोगितामा पहिलो हुने टिमलाई ८ हजार डलर, दोस्रो हुनेलाई पाँचहजार र तेस्रो हुनेलाई दुई हजार डलर सहित शिल्ड र मेडल प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली समाज टेक्ससले उत्कृष्ठ खेलाडी, अनुशासित खेलाडी, म्यान अफ दी म्याच लगायत बिभिन्न विधामा पदक र प्रमाणपत्र प्रदान गरेको थियो ।

दुई दिनसम्मको खेलमा दिपक केसी म्यान अफ दी म्याच घोषणा भएका थिए ।

अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपाली खेलाडीहरु बीच सम्बन्ध विस्तार, सद्भाव कायम राख्न खेल आयोजना गरिएको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले बताए ।

खेल आयोजना गर्न सहयोग गर्ने स्पोन्सर, स्वयम्सेवकहरुलाई समेत त्यस अवसरमा सम्मान गरिएको थियो ।

शेयर गर्नुहोस:

3.2k
Shares