मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

बोली, आचरण र व्यवहारबाट पार्टीलाई सदृढ बनाउनुपर्छ : नेतृ डा. देउवा

बोली, आचरण र व्यवहारबाट पार्टीलाई सदृढ बनाउनुपर्छ : नेतृ डा. देउवा


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

गण्डकी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी सङ्गठनभित्र असमझदारी बढाउन नहुने बताएकी छन् ।

नेपाली कांग्रेस कास्कीद्वारा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी सङ्गठनभित्र एकआपसमा स्वच्छ प्रतिष्पर्धा हुने भए पनि यही प्रतिष्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताइन् । उनले भनिन्, “पार्टी व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो ।”

Advertisement

कांग्रेसका सस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको जनाउँदै केन्द्रीय सदस्य देउवाले उनीहरूका मार्ग निर्देशलाई आत्मसात् गर्दै अघि बढ्न् जरुरी रहेको बताइन् ।

“उहाँहरूले धेरै ठूलो योगदान गर्नुभएको छ उहाहरूले देखाउनुभएको मार्गदर्शनमा कांग्रेस पार्टी हिँड्नु एकदमै जरूरी छ”, उनले भनिन्, “हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ ।”

आसन्न पार्टीको १५औँ महाधिवेशनमा आन्तरिक प्रतिष्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एकढिक्का भएर पार्टी झन बलियो र सुदृढ हुने विश्वास व्यक्त गरिन् ।

नयाँ दलले समाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रसङ्ग उल्लेख गर्दै डा देउवाले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नु जरूरी भएको धारणा राखिन् ।

पछिल्ला समयमा ‘देशमा केही भएको छैन‘ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको जनाउँदै उनले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु हामी सबैको दायित्व भएको बताइन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालीन राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य मान्यतालाई भुल्न नहुने बताए ।

गुट-गुटमा विभाजित नभै पार्टीलाई एकतावद्ध बनाएर लैजानु अपरिहार्य भएको उनको भनाइ छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस राष्ट्रका जस्तासुकै चुनौतीलाई समाधान गर्दै अघि बढ्न सक्ने पार्टी भएको बताए ।

शेयर गर्नुहोस:

54
Shares