मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलायतका बैज्ञानिकले निकाले ब्लड सुगर जाँच गर्ने मोबाइल एप

बेलायतका बैज्ञानिकले निकाले ब्लड सुगर जाँच गर्ने मोबाइल एप


काठमाडौँ । के अब स्मार्टफोनले पनि ब्लड सुगरको जाँच गर्छ रु यस्तो सवाल उत्पन्न हुनु अस्वभाविक होइन । तर, यही कौतुहलतालाई पूरा गरिदिएका छन्, बेलायती वैज्ञानिकहरुले ।
 
वैज्ञानिकहरुले एउटा यस्तो स्मार्टफोन एप्लिकेसन बनाएका छन् जसले ब्लड सुगरको जाँच गर्नेछ । रगतको थोपा नै ननिकाली ब्लड सुगरको जाँच गर्ने उक्त स्मार्टफोन एप एउटा यस्तो आविष्कार हो, जसबाट मधुमेहपीडित तथा मधुमेहको जोखिममा रहेका मानिसहरुको जीवनमा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ ।
 
यस एपको नाम एपिक हेल्थ राखिएको छ । यसले मधुमेहको जाँच गर्ने मानिसहरुमा औँलामा सुई लगाएर रगतको थोपा निकाल्ने झण्झट हटाइदिनेछ । यसमा विरामीले आफ्नो औँलामा क्यामराको लेन्स राख्नुपर्नेछ । त्यसपछि यो एपले औँलाको स्क्यान गरेसँगै प्रयोगकर्ताको मुटुको दर, शरीरको तापक्रम तथा रक्तचापको जाँच गरेर जवाफ दिनेछ ।
 
यस एपका संस्थापक डोमिनिक उडले यो एपले मानिसहरुको केबल ब्लड सुगर लेभल मात्र नभइ मधुमेहको जोखिममा रहेका मानिसहरुलाई पनि सतर्क बनाउनेछ । मधुमेहको जोखिम बढिरहेको अवस्थाका मानिसहरुलाई समयमै सतर्क बनाएर यसले रोग लाग्नबाट समेत बचाउन सहयोग गर्नेछ ।
 
यो एपले मानिसको इन्सुलिन हर्मोनको प्रतिरोधी लेभलको पनि जाँच गर्नेछ । जसले मधुमेहको खतरालाई सुरुमै आँकलन गर्न सकिनेछ । पछिल्लो तीन वर्षदेखि वैज्ञानिकहरुले यो एप बनाउने प्रयास गरिरहेका थिए । आउँदो केही महिनामै यो एपलाई चिकित्सा परीक्षणमा लगिनेछ ।
 
यो वर्षको अन्त्यसम्ममा एपस्टोरमा डाउनलोड गर्नका लागि यो एप पूर्णरुपमा उपलब्ध हुने शोधकर्ताहरुको भनाइ छ । –एजेन्सी