मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

‘तीनलाखमा १७ हजार सदस्य हुनु लाजमर्दो’ – गौरी जोशी (भिडियो अन्तरबार्ता)

‘तीनलाखमा १७ हजार सदस्य हुनु लाजमर्दो’ – गौरी जोशी (भिडियो अन्तरबार्ता)


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्षका उम्मेदवार गौरीराज जोशीले तीनलाख नेपालीमध्य १७ हजारले मात्र सदस्यताका लागि आवेदन दिँदा पनि विवाद देखिनु लाजमर्दो विषय भएको बताएका छन् । 
 
एनआरएन अमेरिकाकै अध्ययनबाट अमेरिकामा दुईलाख ५० हजार नेपालीहरु रहेको विवरण सार्वजनिक भएको छ । तर तीनलाख नेपाली रहेको अनुमान बिभिन्न संघसंस्थाहरुले गरेका छन् ।
 
‘तीनलाखमध्य १७ हजारले आवेदन दिँदा अहिलेको नेतृत्वले धेरै आवेदन आयो भनेजस्तो व्यबहार गरेर सदस्यतानै नदिने जुन खालको कार्य गरिरहेको छ, यसले संस्थाप्रति युवापंक्तीलाई निराश बनाएको मैले महसुस गरेो छु,’ जोशीले भने ।
 
पत्रकार सूर्य थापासँग शनिबार अन्तरवार्ताका क्रममा जोशीले अमेरिकामा रहेका नेपाली युवाहरुको समूह, डाक्टर इन्जिनियर प्रोफेसरहरुलाई अझै पनि एनआरएनले समेट्न नसकेको गुनासो गरे । ‘उहाँहरु यसपटक सदस्यता लिएर आउन खोज्नुभएको छ, तर सदस्यता नदिने जालझेल भैराखेको छ,’ जोशीले भने ।
 
एनआरएन अमेरिकालाई आम नेपालीको संस्था बनाउने योजना अनुरुप आपूmले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको पनि जोशीले बताए । अमेरिकामा रहेका हजारौँ नेपाली युवाहरुको दवावमा आपूm उम्मेदवार हुन लागेको पनि उनले प्रष्टाएका छन् । 
 
‘म अमेरिकामा रहेका नेपाली समुदायका लागि के आवश्यक छ, कसरी सेवा गर्न सकिन्छ भनेर अघि बढेको छु, तर जो सदस्य बन्न खोजेर अघि आउन खोजेका छन् । उनीहरुलाई रोकेर संस्था सबैको साझा हुन सक्दैन,’ जोशीले भने । 
 
झण्डै १७ हजार नेपालीले एनआरएन अमेरिकाको सदस्यताको लागि आवेदन दिएका थिए । भेरिफिकेसन समितिले एकहजार सातसयलाई सदस्यको निम्ति अयोग्य ठहर गरेर रद्ध गरेको छ । यसपछि विवाद चर्को रुपमा बढेको छ ।