मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

‘विदेशका नेपालीलाई नागरिकता दिँदैमा नेपाललाई घाटा हुँदैन’ – कुमार पन्त

‘विदेशका नेपालीलाई नागरिकता दिँदैमा नेपाललाई घाटा हुँदैन’ – कुमार पन्त


ड्यालस (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) को राष्ट्रिय समिति हुँदै अहिले अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्ष रहनुभएका कुमार पन्त पेशाले होटल व्यबसायी हुनुहुन्छ । लामो समयदेखि जर्मनीमा रहनुभएका उहाँको त्यही होटलहरु छन् । अनि विदेशमा रहेका नेपालीको आर्थिक अवस्था सुदृढ बनाउन र नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्न बिभिन्न योजनाहरु बनाउन उहाँ तल्लिन हुनुहुन्छ ।
 
यसै साता अमेरिकी शहर ड्यालसमा सम्पन्न एनआरएन टेक्सस राज्य च्याप्टरको कार्यक्रममा उहाँ सहभागी हुनुभयो । यही सप्ताहन्तमा न्यूजर्सीमा हुने एनआरएनको क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै हुनुहुन्छ उहाँ । 
 
विदेशमा रहेका नेपालीहरुसँग रकम संकलन गरेर नेपालमा लगानी गर्ने योजनामा उहाँ लगायत सिंगो एनआरएनको समिति यतिखेर तल्लिन छ । उहाँ भन्नुहुन्छ–‘विदेशमा बस्ने नेपालीलाई नागरिकता दिँदा राज्यलाई केही घाटा हुँदैन । फाइदै हुन्छ । यही तथ्य बुझेर नेपाल सरकारले दोहोरो नागरिकताको प्रावधान राखेको छ ।’ धेरै वर्ष विदेश बसेको र लगानी गरेको हिसाबले उहाँको अनुभव छ–‘ हाम्रो लक्ष्य भनेको नेपालनै धनी हुनुपर्छ । नेपाली धनी नभएसम्म हाम्रो शीर उँचो हुनैसक्दैन ।’
 
 एनआरएनले सामुहिक रुपमा नेपालमा लगानी लिएर जान चाहेको छ । यतिखेर नेपाललाई लगानीको जरुरत छ । धेरैको लगानी घरजग्गामा छ । त्यसले अर्थतन्त्रको विकासमा बाधा पुगिरहेको उहाँको अनभुव पनि छ । 
 
एनआरएनको वर्तमान टीमले यो संस्थालाई धनीमानिको मात्र होइन, विदेशमा बस्ने श्रमजीवीको पनि हो भनेर त्यस अनुसार बनाउन प्रयास गरिरहेको छ ।
  
गत वर्ष काठमाडौंमा सम्पन्न सम्मेलनले निर्वाचित नयाँ नेतृत्वले यतिखेर आफ्ना कार्यक्रम जोडतोडले अघि बढाइरहेको छ । त्यसै सन्दर्भमा आउँदो नेतृत्वको लागि पन्तले कसरथ थाल्नुभएको चर्चा पनि नभएको होइन । तर उहाँ भन्नुहुन्छ–‘अहिलेनै तयारी गर्नु सान्दर्भिक छैन । साथीहरुले चाहेको खण्डमा म एनआरएन अभियानमा निरन्तरता दिन चाहन्छु ।’
 
हिमालय खबर अनलाइन टेलिभिजनका लागि शैलेस आचार्यसँग पन्तले निकै खुलेर यो संस्थाको विगत, वर्तमान अनि भविष्यका बारेमा कुराकानी गर्नुभएको छ ।
 
यो अन्तरवार्ताको पूर्ण विवरण भिडियोमा उपलव्ध छ ।