मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अझै बढ्छ सेयरको भाउ, नया लगानीकर्ता प्रवेश नगर

अझै बढ्छ सेयरको भाउ, नया लगानीकर्ता प्रवेश नगर


यो साता उद्योगपति तथा सेयरका लगानीकर्ता राजेन्द्र खेतानले फेसबुक स्टाटसमा मा लेखे–सेयर बजार परिसूचक नेप्से २००० विन्दुमा पुग्नेछ । केही समयअघि उनले नेप्से १ हजार ७ सयमा पुग्ने घोषणा गरेका थिए । खेतानको घोषणालाई उद्यमी ज्ञानेन्द्रलाल प्रधानले समर्थन गरे । अहिले बजार १९ अंक नजिक छ ।
 
अहिलेको नेपाली सेयर बजारको सकारात्मक पक्ष यसको कारोवार उच्च हुनु हो । कारोवार रकम एक दिनमा नै २ अर्ब ७५ करोड पुग्यो । बिहीबारको कारोवार पनि २ अर्ब ३० करोड रुपैया“ पुगेको छ ।  बिहीबार नेप्से १ हजार ८ सय ७७ अंकमा  छ ।
नेप्से हरेक दिन हरियो देखिएर बजार उकालो लाग्ने होइन । जतिसुकै मूल्य बढेको बजारमा पनि रातो चिन्ह सहित बजार ओरालो लागेको देख्न पाईन्छ । यो क्रम नेपालको सेयर बजारले पनि समातेको छ ।
 
बैंकको न्युन व्याजदर र संस्थागत लगानीकर्ताको प्रवेशले स्टकको भाउ बढाएको हो । साधारण सेयरको मूल्य देखाउने फ्लोट सुचक अझै पनि १ सय ३९ अंकमा नै छ । २०६५ भदौलाई आधार मान्दा नेप्से धेरै माथी गएको मान्न सकिंदैन । त्यसपछि बजार घटेर २ सय ९२ सम्म झरेको थियो । यो न्युन विन्दु भनेको नेपाली सेयर बजार ‘क्रयास’ भएको हो ।
 
तर अहिलेको बजारमा भाउ वृद्धि लगातार हुनु भनेको डरलाग्दो हो । यसले नया“ लगानीकर्तालाई डुबाउन सक्छ । बजार त बढेर नै जाने हो । तर यसरी लगातार होइन । अहिले नया“ लगानीकर्ता बजारमा प्रवेश गर्ने समय होइन । तर बजार बढेको बेलामा कोही पनि यस्तो सुझाव सुन्न चाह“दैन । 
 
जुनबेला बजार क्रयास भएको थियो त्यो समयमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको व्याजदर १५ प्रतिशतको हाराहारीमा पुगेर उच्च थियो । अहिले व्याजदर तीन प्रतिशतको हाराहारीमा झरेको छ । यो  न्युन विन्दु हो । न्युन व्याजदर नै बजारमा सेयरको भाउ बढाउने पहिलो कारण हो ।
 
व्याजदर
व्याजदर र सेयर बजारको सम्वन्ध जहिले पनि विपरित हुने गर्दछ । व्याजदर बढेको बेला सेयरको मूल्य घट्ने र घटेको बेला सेयर मूल्य बढ्ने गर्छ । यो प्रवृत्ति नेपाली सेयर बजारमा पनि पटक पटक देखिईसकेको छ । विश्वभरिकै बजार र व्याजदरको सम्वन्ध विपरित हुन्छ ।
 
नेपालमा बैंकले लगानी गर्ने क्षेत्र पाएपछि यो दर माथी जानेछ । अहिले बैंकमा तरलता थुप्रिएको छ । लगानी गर्ने ठाउ“ कम छन् । लगानीकर्तालाई पनि बैंकमा पैसा राख्दा भन्दा सेयरमा लगानी गर्दा बढि आम्दानी हुन्छ । कर्जा लिएर सेयरमा लगानी गर्दा फाइदा हुने अवस्था छ । बजारमा सेयरको बढेर हुने नाफा र कम्पनीले दिने लाभांशलाई हेर्दा सस्तो दरमा कर्जा लिएर सेयरमा लगानी गर्दा फाइदा नै हुन्छ । यसैले अहिले बजारमा सेयरको भाउ बढेको हो । 
 
म्युचुअल फण्ड
अहिलेको सेयर बजार दुई, चार जना लगानीकर्ता मिलेर मूल्य घटाउन र बढाउन सक्दैनन् । बजार पूर्ण रुपमा बजारमा नै निर्भर छ । संस्थागत लगानीकर्ता (म्युचुअल फण्ड) को प्रवेशले बजारले नया“ उत्साह र औजार पाएको छ ।
सामूहिक लगानी कोष संचालनले बजारलाई नया“ गति दिएको छ । यस्ता कोष सञ्चालनमा आएपछि बजारमा सेयरको मूल्य निर्धारण पूर्णतया बजारबाट नै हुनेछ । अहिले पनि धेरै लाभ नआउने देखेर नेपाल टेलिकमको सेयर मूल्य नबढ्नु यसको उदाहरण हो ।
सेयरको मूल्य घटेको बेलामा यस्ता कोषले खरिद गर्ने छ भने बढेको समयमा बिक्री गरि बजारलाई सन्तुलित बनाई राख्नेछ । अहिले वाणिज्य बैंकहरुले स्थापना गरेका यस्ता कोषले सेयरमा लगानी गर्न थालेपछि पनि स्टकको भाउ आकाशिएको हो ।
 
लाभकर परिवर्तन
बजारमा अहिले सेयरको नाफामा बुझाउनुपर्ने पु“जीगत लाभकर पनि अवैज्ञानिक छ । जति अवधि सेयर होल्ड गर्नेले पनि उही दरमा पु“जीगत लाभकर बुझाए पुग्छ ।
 
यसलाई बैज्ञानिक बनाउन एक वर्ष भन्दा घटि अवधिमा सेयर होल्ड गर्नेलाई बढि र लामो समय होल्ड गर्नेलाई घटि कर लगाउनुपर्छ । स“गस“गै तत्काल सेयर किनबेचमा संलग्नलाई बढि दर तोक्नुपर्छ । यसबाट तत्कालको ‘सट्टेबाजी’ मा संलग्न हुनेलाई निरुत्साहित गर्नेछ र दीर्घकालका लागि सेयर किन्ने प्रोत्साहित हुने छन् । धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र ब्रोकरले विभिन्न शिर्षकमा उठाउने शुल्क घटाउनु सकारात्मक छ । तर ब्रोकरले पनि राम्रो आम्दानी गरिराख्नुपर्छ । यसबाट लगानीकर्तालाई उत्साहि गर्नेछ ।
 
मार्जिन लेन्डिङमा नीतिगत स्थिरता जरुरी
चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि मार्जिन लेन्डिङ लाई नियन्त्रण नगरे पनि नीतिगत स्थिरता दिएन । मार्जिन लेन्डिङ एक पटक तोकेपछि चलाईरहनु भनेको बजारलाई अस्थिर बनाएर नियन्त्रणमा लिनु हो । राष्ट्र बैंकले यसपटक पनि मार्जिन लेन्डिङ कर्जाको सिमा परिवर्तन गरेर नीतिगत अस्थिरताको सन्देश दिएको छ ।
 
विगतमा राष्ट्र बैंकले यस्तै नीतिगत अस्थिरताबाट सेयर बजारलाई खेलाउ“दै आएको थियो ।पछिल्लो समय स्टक ब्रोकर मार्फत लगानीकर्तालाई कर्जा दिने मार्जिन लेन्डिङको प्रस्ताव अगाडी आएको छ । धितोपत्र बोर्डको पा“च वर्षे गुरुयोजनामा पनि ब्रोकर मार्फत मार्जिन लेन्डिङ गर्ने व्यवस्था छ । स्टक ब्रोकरको क्षमता अभिवृद्वि नगरि तत्कालै यो व्यवस्था कार्यान्वयनमा ल्याउन संभव छैन । यसका लागि स्टक ब्रोकको पु“जी, पुर्वाधार र जनशक्तिको क्षमता बढाउनुपर्ने हुन्छ । लगानीकर्तालाई सेयर धितो राख्न बैंक तथा वित्तीय संस्थामा धाउनुभन्दा सक्षम ब्रोकर मार्फत नै लगानी गर्ने व्यवस्था बढि सरल हुन्छ । भारतमा ब्रोकरले नै लगानीकर्तालाई कर्जा दिन्छन् ।
 
अनलाईन कारोवार आवश्यक
केन्द्रिय निक्षेप प्रणाली (सिडिएस) सञ्चालनमा आएपछि बजारमा कारोवार बढेको हो । यसले कागजी प्रमाणपत्रको युग समाप्त गरि डिजिटल जमानामा स्टक बजारलाई प्रवेश गराउने पहिलो चरणको काम पुरा गरेको छ । बजार आधुनिक युगमा प्रवेश गर्न सकेको छैन । बजारलाई पूर्ण रुपमा आधुनिक र अन्तराष्ट्रिय स्तरको बनाउन अनलाईन कारोवार सुरु गर्नूपर्छ । सरकारी स्वामित्वको स्टक एक्सचेन्जले तत्कालै अनलाईन कारोवार सुरु गर्दैन भने निजीस्तरको स्टक स्थापना गर्नुपर्छ ।
 
एनआरएनको लगानी
गैर आवासिय नेपाली (एनआरएन) लाई सेयर बजारमा लगानी गर्न दिने घोषणा भएको धेरै भैसकेको छ । तर एनआरएनको लगानी बजारमा आउन सकेको छैन । पोर्टफोलियो व्यवस्थापन कम्पनी मार्फत एनआरएनले लगानी गर्न सक्ने भनिए पनि कार्यान्वयनमा ल्याउन ढिलाई गरिएको छ ।
एनआरएनको लगानी सुरु गर्दै अब बजारमा विदेशी लगानीकर्तालाई पनि बाटो खुला गर्नुपर्छ । यो सधैं खुम्चिएर बस्ने कार्यले स्तरोन्नति हुनै सक्दैन । अर्थतन्त्रको ऐना स्टक मार्केट हो  । यो मार्केटमा विदेशी खेलाडी नहुनु भनेको अगाडी बढन नखोज्नुु हो ।
 
 भविष्यमा आधारित बजार
सेयर बजार भनेको भविस्यमा मुलुक भविस्य कस्तो रहन्छ त्यसबाट कम्पनीको अवस्था निर्धारण हुन्छ भन्नेमा निर्भर रहन्छ । भविस्य आशावादी नभएमा बजार पनि घटिरहन्छ । भविस्य सकारात्मक भए बजार पनि बढिरहन्छ । सेयर बजार तत्काल कम्पनीले दिने नाफा, व्यवस्थापन, सकारात्मक भविस्यमा आधारित हुन्छ । यसको आधार भनेको राजनीति नै हो । राजनीति सकारात्मक भए आर्थिक विकास तिव्र हुन्छ । यो बेलामा कम्पनीको नाफा पनि बढ्छ । लगानीकर्ताले पाउने प्रतिफल पनि बढ्छ र सेयरको मूल्य पनि उकालो लाग्छ । यही आधारमा अहिलेको बजार बढेको हो । सेयर बजार प्राविधिक विश्लेषणमा मात्रै आधारित हुन सक्दैन ।
 
 बजारका लागि आवश्यक पुर्वाधार र आधुनिकताका लागि सरकारी निकायले प्रयास गर्नुपर्छ । बजारमा प्रतिस्पर्धा नहुने अवस्था, झन्झटिलो व्यवस्था अन्त्य गर्ने तर्फ नियामक निकाय लाग्नुपर्छ । आवश्यक पुर्वाधार तयार भएपछि बजारले निर्धारण गरेको मूल्यमा चिन्ता लिन जरुरी छैन । मूल्य बढ्ने घटन लागि हो भने भाउ घटने बढनका लागि हो । 
 
 
बजार के होला
राष्ट्र बैंक र धितोपत्र बोर्डले बजारलाई घटबढ गराउने नीतिगत खेल नखेलेमा बजार उकालो तर्फ नै लाग्नेछ । जब सम्म बैंकमा निक्षेप र कर्जाको व्याजदर बढ्दैन त्यतिबेला सम्म बजार उकालो लाग्छ । जब व्याजदर बढ्छ त्यसपछि बजार ओरालो लाग्न  सुरु गर्नेछ ।
 
मुलुकको भविस्य सकारात्मक देखिएपछि सेयरको मूल्य बढ्ने हो । बजार पनि केही घटबढ् हु“दै भाउ बढ्ने तर्फ नै अगाडी बढ्ने छ । बैंक तथा वित्तीय संस्थाको चुक्तापु“जी बढाउने राष्ट्र बैंकको निर्देशनले बजारमा सेयरको संख्या बढाउने छ । यो संगै वाणिज्य बैंकहरुले स्थापना गर्ने म्युचुअल फण्डको संख्या पनि बढ्दैछ । यसले बजारमा संस्थागत लगानी बढाउनेछ । लगानी बढनुको अर्थ भाउ पनि बढ्नेछ । बजार नबुझ्नेहरुले म्युचुअल फण्डको स्किम (सेयर)किन्नु उत्तम हुन्छ । नया“ लगानीकर्ता पनि फण्डको स्किममा लगानी गर्ने र प्राथमिक निस्काशनमा एक सय रुपया“ अंकित सेयरमा पैसा हालेर बाजरमा प्रवेश सुरु गर्नु राम्रो हुन्छ ।
 
दीर्घकालमा करोडपति
सेयर बजारमा लगानीगर्नेहरु धैर्य गरेर बसेमा  एक, दुई वर्षमा हैन कम्तीमा १० वर्ष कुर्ने हैसियत राख्ने हो भने सेयरमा लगानीगर्ने हरेक व्यक्ति करोडपति हुनेछन् ।
यसका लागि कम्पनीको अध्ययन,व्यवस्थापनको व्यवसायिकतालाई भने बुझ्न सक्नुपर्छ । एकै वर्षमा कमाउ“छु भनेर लगानी गर्नेहरु भने टाटै पल्टिन सक्छन् । घरजग्गामा जस्तो मुखका आधारमा सेयरको मूल्य तोकिंदैन । बजारले यसको मूल्य निर्धारण गर्छ ।