राजनीति-समाज

सचिव डण्डुराज घिमिरे ४ लाख रुपैयाँ धरौटीमा रिहा

सचिव डण्डुराज घिमिरे ४ लाख रुपैयाँ धरौटीमा रिहा


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मुछिएका सचिव डण्डुराज घिमिरे विशेष अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन्।

Advertisement

सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले थुनछेक बहसपछि घिमिरेलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशअनुसार उनले तोकिएको धरौटी बुझाएर रिहा भएका छन्।

यसै मुद्दामा अदालतले आज (बुधबार)पूर्वसचिव महेश्वर न्यौपानेलाई पनि साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। यसअघि सोही दिन पूर्वअर्थसचिव शंकरप्रसाद अधिकारी र पूर्वसचिव केवल भण्डारीसँग पनि धरौटी माग गर्ने आदेश भएको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा निर्माण कम्पनीलाई राज्यकोषबाट कर छुट उपलब्ध गराउँदा सरकारी कोषलाई तीन अर्ब ६२ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुगेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनालाई प्रतिवादी बनाइएको छ।