ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आयोजनामा प्रवासमा नेपाली भाषाको पाठ्यक्रमका विषयमा आयोजित वृहद अन्तरकृया गोष्ठी आइतबार सम्पन्न भएको छ ।
नेपाल बाहिर नेपालीमुलका बालबालिकाहरुका लागि बिभिन्न संघसंस्थाहरुले पढाउने पाठ्यक्रमलाई समयानुकुल सुधार गर्ने र एकरुपता तयार गर्ने उद्वेश्यले गोष्ठी आयोजना गरिएको थियो ।
गोष्ठीमा पाठ्यक्रमलाई समायानुकुल सुधार गर्दै अमेरिकी विद्यालयको पाठ्यक्रमसँग पनि समायोजन हुने गरि गर्न सकेमा बालबालिकाहरुलाई फाइदा पुग्ने सुझाव समेत दिइएको छ ।
कार्यशाला अन्तरगत चारवटा समूहहरुले पाठ्यक्रमका विषयमा वृस्तृत समूहगत छलफल पछि प्रस्तुतिकरणका क्रममा सुझावहरु दिएका थिए । त्यसलाई आउँदा दिनमा पाठ्यक्रममा सुधार गरेर लैजाने प्रतिवद्धता आयोजक नेपाली समाज टेक्ससले जनाएको छ ।
कार्यक्रममा अमेरिकामा नेपालीभाषा पढाइरहेका बिभिन्न संघसंस्थाहरुको तर्फबाट प्रत्यक्ष र अनलाइन मार्फत सहभागिता रहेको थियो । एनएसटी ग्लोबल पाठशाला तथा एलायन्स फर नेपाली अर्गनाइजेसन इन अमेरिकाको संयोजनमा भएको कार्यक्रममा बोस्टन, कोलोराडो लगायतका राज्यहरुबाट पनि नेपाली संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापनमा नेपाली समाजका अध्यक्ष विजय भुसाल, पूर्ब अध्यक्ष राजेन्द्र वाग्ले, कार्यक्रम संयोजक भोजबहादुर बलायर लगायतले यस्ता कार्यक्रम आगामी दिनमा निरन्तर गर्दै बालबालिकाहरुका निम्ति समय अनुकुल पाठ्यक्रम विकास गर्दै जाने बताए ।












प्रतिक्रिया