मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लागूऔषधको ट्रान्जिट बन्दै चितवन

लागूऔषधको ट्रान्जिट बन्दै चितवन


चितवन । पछिल्लो समय लागूऔषध तस्करीहरुले नेपाललाई दक्षिण एशियाकै ट्रान्जिटको रुपमा लिएको पाइन्छ । चितवन नेपालको मध्यभागमा पर्ने तथा देशका ७५ ओटै जिल्लामा मानिसहरुको चहलपहल हुने हुँदा यो जिल्ला पछिल्लो समय देशको लागूऔषधको ट्रान्जिट बन्दै गएको छ । 
 
चितवन जिल्लामा ठूलो परिमाणमा लागूऔषधसहित कारोबारी पक्राउ पर्न थालेपछि यो जिल्ला लागूऔषधको ट्रान्जिट बन्दै गएको हो । यहाँ लागूऔषध तस्करहरुको कृयाकलाप बढ्दै गइरहेको स्वयम् प्रहरीहरु स्वीकार्छन् ।  
 
आर्थिक वर्ष २०७२/७३ को साउनदेखि जेठ मसान्तसम्ममा ११० लागूऔषध सम्बन्धी अभियुक्तहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनसँग तथ्यांक छ । यसले पनि चितवनमा बढ्दै गइरहेको लागूऔषधसम्बन्धी क्रियाकलापलाई पुष्टि गरेको छ ।
 
यो आर्थिक वर्षको साउन मसान्तसम्म प्रहरीमा लागूऔषधसम्बन्धी ६८ वटा मुद्दा दर्ता भएका छन् । क्रमिक रुपमा जिल्लामा लागूऔषधबारे क्रियाकलापहरु भइरहेको भए पनि प्रहरीले त्यसमा नियन्त्रण गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कँवरले बताए । 
 
‘चितवनमा ठूलो परिमाणमा दुव्र्यसनी गर्ने तथा बिक्रीवितरण गर्नेहरुबाट लागूऔषध नियन्त्रण गरिएको छ’ प्रहरी उपरीक्षक कुँवरले भने, ‘लागूऔषध दुव्र्यसनीलाई न्यूनीकरण गर्न प्रहरी लागिपरेको छ ।’ 
 
युवाले लागूऔषध प्रयोगलाई फेशनको रुपमा लिएको र यो युवाको जमात बढ्दै गइरहेको कुँवर बताउँछन् । विशेष गरेर स्कुल तथा क्याम्पस पढ्ने 
 
टिनएजरहरु लागूऔषध दुव्र्यसनीमा बढी लागेको पाइएको उनले बताए । उनी भन्छन्, ‘चितवन ट्रान्जिट पोइन्ट भएका कारणले यहाँ आउने विक्री वितरण गर्ने र यसमा लागेका व्यक्तिहरुलाई सम्पर्क गरी व्यापार बढाउने कार्यमा केही व्यक्तिहरु लागेका छन् । 
 
चितवनमा पहाडी भेगमा गाँजा तथा बजार क्षेत्रमा ट्याब्लेट र झोल पदार्थको प्रयोग बढी पाइएको छ । यसलाई हामीले निगरानी गरिरहेका छौँ र नियन्त्रणको लागि विशेष रणनीतिका साथ काम गरिरहेका छौँ ।’
 
लागूऔषध दुव्र्यसनी नियन्त्रणको लागि जनचेतनालाई व्यापक रुपमा अघि बढाउन आवश्यक रहेकाले आफूहरु पीटुएचटु कार्यक्रमअन्तर्गत विभिन्न स्कुल, कलेजहरुमा विद्यार्थी तथा अभिभावकहरुलाई चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक कुँवरले बताए । 
 
लागूऔषध दुव्र्यसनीमा लागेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गरी सुधारको प्रयास गरिएको उनको भनाइ छ । 
 
प्रहरीले लागूऔषध दुव्र्यसनी न्यूनीकरणको अभियानअन्तर्गत चितवनका कोराक, लोथरलगायतका पहाडी जिल्लामा करिव १० बिघा क्षेत्रफलको गाँजा खेती नष्ट गरेको छ । त्यस्तै, बजार क्षेत्रमा भने युवाबाट ट्याबलेट तथा झोल लागूऔषध नियन्त्रणमा लिएको पाइन्छ ।