अंजुलीले बटुलेका आँशुमा
बालुवा र सिमेन्ट घोल्दै
गिटीसंग फलामे डण्डी जोड्ने
यमराजको परिकल्पनामा
कठै बरी ति
बारपाककी आमाहरुका
फुटेका चुराका टुक्राहरुको
झ्याल, ढोका, दलान बन्दा
अनि
सिउँदोको सिन्दुर पुछि
रंगिएका सिन्दुरे महलमा
सदाका लागि सुतेका
ति काका-काकी
नब बिबाहित जोडी
सानो भुन्टे कान्छो-कान्छी
हजुरबा-आमा आदीको…….
बर्खी सकिएको वैशाख १२ लाई
म सम्झन चाहन्न ।
टुक्रा टुक्रा भै छरपस्टिएको
भींसेनको सेतो धरहराका
ईंटाका टुक्राहरुमा
लतपतिएको रगतका टाटाहरुमा
काष्ठमण्डपका टुटेका टुडालका
लिच्छवीकालीन आकृती मिसिएको
एकलासको ७२ सालका
दिन-रात गन्दै
ट्रिपालको जीवनमा
च्यापिएको त्यो फुच्चेलाई
कहिले काखीमा खेलाई रहेको
कहिले ममतामयी बाईसधारा पान गरिहेको
सपनीको झझल्कोमा बितेको
कलेजी टुक्रा चुड्दै
बिवेकहिन गतीमा कुदेको
बर्खी सकिएको वैशाख १२ लाई
म सम्झन चाहन्न ।
प्रतिक्रिया