कोलोराडो

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तिव्र रुपमा हुदै

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तिव्र रुपमा हुदै


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font


कोलोराडो- जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडो आयोजना हुन गईरहेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तिब्र रुपमा भईरहेको छ ।

अनेसासले हरेक दुई वर्षमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौ श्रृंखला यस पटक अमेरिकाको कोलोराडो राज्यमा हुदैछ । सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

Advertisement

अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले संसारभरी छरिएर रहेका ख्यातिप्राप्त नेपाली साहित्यकारहरुलाई सम्मेलनमा सहभागिताका लागि पत्राचार गरिएकोमा थुप्रै साहित्यकारहरुले सहभागी हुने प्रतिबद्धता जनाएको बताए ।

उनले संसारभरीबाट आउने नेपाली साहित्यकारहरुलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टि (बीओटी)का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि कोलोराडोको वेष्टमिनिष्टरस्थित होटल ड्रुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको जानकारी दिए ।

उनले सम्मेलन आयोजनाका लागि झण्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताए ।

नेपाली साहित्यकारको अभूतपूर्व जमघट हुने विश्वास गरिएको सम्मेलनमा नेपाली, अंग्रेजी भाषासंगै नेवारी, डोटेली लगायतका भाषाका शत्रहरु सञ्चालन गरिनेछन् ।

सम्मेलनमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका साहित्यकारहरुको सहभागिता सहभागिता रहनेछैन, बिओटी सभापति विश्वकर्माले भने, भारतको आसाम, सिक्किम, दार्जिलिङ, भुटान, म्यानमार र विश्वका विभिन्न मुलुकमा रहेका नेपाली साहित्यकारहरुले सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाली साहित्यकारको अभूतपूर्व जमघट हुने विश्वास गरिएको सम्मेलनमा नेपाली, अंग्रेजी भाषासंगै नेवारी, डोटेली लगायतका भाषाका शत्रहरु सञ्चालन गरिनेछन् ।

सम्मेलनमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका साहित्यकारहरुको सहभागिता सहभागिता रहनेछैन, बिओटी सभापति विश्वकर्माले भने, भारतको आसाम, सिक्किम, दार्जिलिङ, भुटान, म्यानमार र विश्वका विभिन्न मुलुकमा रहेका नेपाली साहित्यकारहरुले सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

ख्यातिप्राप्त अंग्रेजी लेखिका डा. ज्याकलिन ज्याकलिन केरबेक, मदन पुरस्कार बिजेता साहित्यकार डा. नवराज लम्साल, रामलाल जोशी, निलम कार्की निहारिका, छुदेन काविमो, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, चर्चित साहित्यकारमहेश पौडेल, श्रेष्ठ प्रिया पत्थर, भूपाल राई, गंगा लामिटारे, डा. टीका लम्साल, डा. तुलसी आचार्य, डा. खेम अर्याल, डा. संगीता स्वेच्छा, बाबा बस्नेत, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, तीर्थ अधिकारी, मोहन सिटौला, तुलसी आचार्य, टीका लम्साल, केशव बैरागी माईला लगायत दर्जनौ साहित्यकारहरुले सहभागी हुने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ ।

सम्मेलनमा सहभागिताका लागि भारतको सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङलाई समेत पत्राचार गरिएको छ ।

उनले भाषिक विविधता र त्यही विविधतामा हुर्किएको नेपाली समाजको प्रतिबिम्ब सम्मेलनमा देख्न र महशुस गर्न पाईने विश्वकर्माले बताए ।

अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झण्डै ४० मुलुकबाट दुई सयभन्दा बढि साहित्यकारहरु सहभागी हुने अनुमान गरिए बताए ।

सम्मेलनमा नेपाल सहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारहरुलाई आमन्त्रण गरिएको जानकारी दिदै थुप्रै साहित्यकारहरुलाई सम्मेलनमा सहभागी हुने प्रतिबद्धता गरेको सिटौलाले सुनाए ।

सम्मेलनमा नेपाली साहित्यका विषयमा मात्र चर्चा गरिनेछैन्, विश्वका पछिल्ला चर्चित साहित्यिक कृति र स्रष्टाका बारेमा समेत चर्चा गरिनेछ, उनले भने, जसले युवा पुस्तालाई उत्कृष्ट साहित्यिक कृति सृजनाका लागि उत्प्रेरित गर्ने विश्वास छ ।

नेपाली भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुसंग साक्षात्कार गर्न पाउने यो दुर्लभ अवसर साहित्यको महाकुम्भ हो, अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले भनिन्, यो अवसर नगुमाउन साहित्यप्रेमी र स्रष्टाहरुलाई अनेसास आग्रह गर्दछ ।

अनेसासकी कोषाध्यक्ष अधिकारीका अनुसार सम्मेलनमा सहभागी हुन ईच्छुक कोलोराडो राज्यका सहभागीहरुका लागि तीन दिनको रजिष्टे«शन शुल्क ५० डलर निर्धारण गरिएको छ । अमेरिकाको अन्य राज्यका सहभागीहरुले भने रजिष्टे«शन शुल्क दिनु पर्ने छैन् । तर होटलका रुमको भने शुल्क तिर्नुपर्नेछ । अमेरिकाभन्दा बाहिरबाट आउनेहरुलाई निशुल्क खान र बस्न सुविधा छ ।

अनेसास केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ ।

अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीले सम्मेलन आयोजनाका लागि मूल समितिसंगै विभिन्न नौ वटा उपसमिति गठन गरिएको जानकारी दिए ।

उनले सम्मेलन भव्य रुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तिव्र रुपमा भईरहेको बताए । सम्मेलनमा सहभागिताका लागि विश्वका बिभिन्न मुलुकबाट ख्यातिप्राप्त साहित्यकारहरुले देखाएको चासो र कोलाराडोस्थित नेपाली समुदायबाट प्राप्त भईरहेको सकारात्मक प्रतिक्रिया र सहयोगले आफूहरु निकै उत्साही भएको अधिकारीले सुनाए ।

अधिकारीका अनुसार सम्मेलनमा तीन दिन साहित्यका विविध विषयमाथि विभिन्न सत्रहरुमा छलफल र बहस हुनेछ । अन्तिम तथा चौथो दिन सम्मेलनका सहभागीहरुलाई कोलोराडोका विभिन्न स्थानको पर्यटकीय र ऐतिहासिक क्षेत्रको भ्रमण गराउने कार्यक्रम तय गरिएको छ ।