अमेरिका समाचार

इरानसँगको युद्ध अन्त्यका लागि गरिएको प्रयासमा अनपेक्षित विकासक्रम : राष्ट्रपति ट्रम्प

इरानसँगको युद्ध अन्त्यका लागि गरिएको प्रयासमा अनपेक्षित विकासक्रम : राष्ट्रपति ट्रम्प


शेयर गर्नुहोस:

567
Shares

  • change font
  • change font

वासिङ्टन । इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म यसबारे नसोचेको परिणाम पाएको भन्दै निराशा व्यक्त गरेका छन् ।

ट्रम्पले इरानमा सत्ता लिने कुनै पनि व्यक्तिसँग सम्झौता गर्न तयार रहेको बताउँदै भने, “अहिले इरानभित्र ठूलो कलह चलिरहेको छ । इरानी जनता नेतृत्वका लागि आपसमा लडिरहेका छन् । सायद उनीहरू नेता बन्न नपाउनका लागि लडिरहेका छन्, किनकि अमेरिकाले उनीहरूका दुई तहका नेतालाई हटाएको छ ।”

Advertisement

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग भने, “इरानले जति बेला चाहन्छ त्यतिबेला आफूलाई फोन गर्न सक्छ ।” उनले भने, “सबै कार्ड अमेरिकाको हातमा छ र उसले सबै कुरा जितेको छ ।”

एक प्रस्तावको हवाला दिँदै ट्रम्पले भने, “इरानले पहिले दिएको प्रस्ताव राम्रो थिएन ।

“उनीहरूले हामीलाई प्रस्ताव दिए जुन अझ राम्रो हुनुपर्थ्यो र मैले प्रतिनिधिमण्डल पठाउने कुरालाई रद्द गरेँ, तुरुन्तै (१० मिनेटभित्र), हामीले नयाँ प्रस्ताव पायौँ जुन धेरै राम्रो छ,” उनले पत्रकारहरूसँग भने ।

यात्रा रोक्नुको अर्थ खुला शत्रुतातर्फ फर्कनु हो कि भन्ने प्रश्नमा ट्रम्पले भने, “होइन, यसको मतलब यो होइन । हामीले अहिलेसम्म यसबारे सोचेका छैनौँ ।”

यसैबीच, वासिङ्गटनमा ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट एसोसिएसन’को रात्रिभोजमा आक्रमण प्रयास गर्ने एक बन्दुकधारी पक्राउ परेपछि ट्रम्पले भने, “उहाँलाई यो घटना इरानसँग सम्बन्धित छ जस्तो लाग्दैन र यसले अमेरिकालाई ‘युद्ध जित्न’बाट रोक्ने छैन ।” एएफपी