मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

जनसम्पर्क समिति उपाध्यक्ष धर्मराज श्रेष्ठ भन्छन् , सभापतिको पनि केहि कमजोरी रह्यो

जनसम्पर्क समिति उपाध्यक्ष धर्मराज श्रेष्ठ भन्छन् , सभापतिको पनि केहि कमजोरी रह्यो


नेपाली जनसम्पर्क समिति अमेरिका भित्र विवाद नयां होइन । टेक्ससको ड्यालसमा भएको एकता महाधिवेशन पछि विवाद केही मत्थर भएको थियो । तर, अहिले नेपाली कांग्रेसको एक महिना अघि सकिएको महाधिवेशनका लागि ७ जना प्रतिनिधि छनौटले विवाद शुरु भएको हो । एक महिना देखिनै विवाद शुरु भएको थियो । गत साता वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीले सभापतिलाई निलम्वन गरेको सार्वजनिक गरे । सभापतिले भने यो विधान विपरित वताएका छन् । यो विवादमा भित्र पनि विवादमा नपरेका जनसम्पर्क समितिका उपाध्यक्ष धर्मराज श्रेष्ठ मिलेर जानुको विकल्प नरहेको वताउनुहुन्छ । श्रेष्ठसंग हिमालय खबरले गरेको कुराकानी संक्षेप ।
 
अहिलेको विवादमा तपाई कता हुनहुन्छ ? 
धर्मराज श्रेष्ठ म सार्वजनिक रुपमा यसरी विवाद नै आउनु हुदैन भन्ने पक्षमा छु । जनसम्पर्क समिति अमेरिका नेपालको सवैभन्दा ठुलो प्रजातान्त्रि पार्टी नेपाली कांग्रेससंग आवद्ध संस्था भएकाले पनि अमेरिकामा वस्ने प्रजातन्त्रप्रति आस्था राख्ने नेपाली समुदायको साझा संस्था हो । विधि विधान र प्रकृया अनुसार संस्था चल्नु पर्छ । टेक्सास ड्यालसमा भएको एकता अधिवेशनलेपनि हामीलाई यही मार्ग निर्देश गरेको हो । संस्था भित्र काम गर्दै जांदा साना तिना कमजोरी सबैका हुन्छन् । यसलाई ठुलो मुद्दा वनाएर सार्वजनिक गर्नु उचित हुदैंन । संस्था भित्रै समाधान खोज्नु पर्छ । केही जिम्मेवार पदाधिकारीले सभापतिलाई हटाएको जस्ता गलत सन्देश प्रवाह गरिरहनु भएको छ । यो पनि विधि विधान अनुसार छैन । सभापतिलाई हटाउन सकिन्छ तर, प्रकृया अनुसार नै जानु पर्छ । नत्र यो वैधानिक हुदैंन । हाम्रा २६ च्याप्टरहरु छन् । सवै विधि विद्यान अनुसार नै चल्ने हो । म सवै जिम्मेवार साथिहरुलाई विवादलाई सार्वजनिक गर्न छाडेर संवादमा आउन आग्रह गर्छु । यो नै प्रजातान्त्रीक प्रकृया हो ।
 
विवादको अवस्था कसरी आयो ? 
यसमा सभापतिको पनि केही कमी कमजोरी रह्यो । सवैलाई समेटेर लैजान नसक्नु समस्या वन्यो । संस्थाका महत्वपुर्ण निर्णयहरु गर्दा केही गम्भिर छलफल आवश्यक पर्छ । महाविदेशन प्रतिनिधि छनौटको विषयमा अलि गम्भिर हुनै पथ्र्यो । मैले भनेनि यही कमजोरीलाई लिएर हिड्ने होइन समस्या समाधान विवादको निकास तर्फ लजिलो हुनुको विकल्प अव छैन । विवाद नगरौं समुदायका लागि काम गरौं म यही भन्छु । 
 
महाधिवेशन प्रतिनिधि छनौटनै विवादको कारण होइन र ? 
विवाद वढेको यहीवाट हो । यसमा केही त्रुटीपनि भएको हो । केन्द्रिय समितिवाट महाधिवेशन प्रतिनिधि छनौटका लागि समिति गठन हुनु पर्ने थियो । केन्द्रिय कार्यसमितिको सल्लाह वेगर छनौट समिति वनाइयो । महाधिवेशनमा जाने प्रतिनिधि तय गर्दा केन्द्रिय कार्यसमितिलाई पनि विश्वासमा लिने काम भएन । यी नै विवादका कारण हुन् । तर, अव यसलाई नै मुद्दा र विवादको विषय वनाईरहंदा संस्थाको हितमा हुदैन ।
 
यो विवादले संस्था प्रति आस्था राख्नेलाई निराश वनाउको छ नि ? 
यो विवाद सार्वजनिक नहुनु पर्ने विषय भने हो । तर संस्था भित्र केही विवाद र बहस त भईहाल्छ । यो प्रजान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेर हिड्ने संस्था हो । नेपालवाट धेरै टाढा अमेरिकामा वस्ने नेपाली समुदायको हित र देश भित्र कांग्रेस पार्टीलाई सहयोग गर्न जनसम्पर्क समिति अमेरिकाको मुल उद्देश्य हो । हामी यही अनुसार अघि वढ्न कटिबद्ध छौ । अर्को तर्फवाट हेर्दा यो विवादले संस्थालाई भविष्यमा मजबुत पनि वनाउन सक्छ । यो अवसर हो । यसलाई लामो समय रहन नदिई प्रजातन्त्रिक विधिवाटै हल खोज्दा सवैको हित हुन्छ ।
 
विवाद कसरी मिल्छ अब ? 
विवाद मिलाउन पहल भईरहेको छ । केही प्रस्तावहरु पनि आएका छन् । सवै जिम्मेवार पदाधिकारी लजिलो हुने र आफ्नो गल्ती स्विकार्न तयार हुने हो भने यो सल्टिन्छ । मैले आफ्नो तर्फवाट पनि विवाद मिलाउन पहल गरिरहेको छु ।
 
 कांग्रेस महाधिवेशनमा तपाई पनि सहभागी हुन भयो । उपलव्धि के रहयो ?
विभिन्न देशवाट जनसम्पर्क समितिका साथीहरु सहभागी हुनुहुन्थ्यो । हामीले प्रवासमा वस्दाका अनुभव र समस्याहरु सुन्ने र वुझ्ने मौका पायौं । विदेशमा वस्ने नेपालीका थुप्रै समस्याहरु छन् । कतिपय यी समस्या राजनीति देशको कानुनसंग जोडिएका छन् । विदेशमा वस्ने नेपालीको कुरा पनि वुझ्नु पर्छ है त्यहां पनि हाम्रो संगठन छ भन्ने वुझाउन र देखाउन सक्यौं ।