प्रकृतिको घर नेपाल’ नामक एनजीओमार्फत क्रिष्टोफर गिस र किशोर लोहनीको प्रयासमा साङ्ला खोलाको किनारमा निर्माणाधीन ‘लालीगुराँस’ भवनले पनि आफ्नै छुट्टै कथा र विशेषता बोकेको छ । लोहनी भन्छन्– ‘यो एउटा यस्तो घर हो, ६६ फिट अग्लो, १९ हजार ५ सय वर्गफिटको त्यो भवन पूर्णरुपमा भूकम्प प्रतिरोधात्मक हो ।
यो भवन एउटा बाल अनाथालय हो ।
परियोजना शुरु भएपछि ५० जना अनाथ बालबच्चा त्यो भवनमा राखिनेछ । ती ५० जना बच्चासँगै १२ जना कर्मचारी पनि हुनेछन् । त्यो भवनमा बस्ने कुल ६२ जनालाई आवश्यक पर्ने विद्युत्, पानी त्यही घरमा उत्पादन हुनेछ । त्यहाँ आवश्यक पर्ने इन्धन त्यही भवनको फोहोर र अन्य बिकारबाट परिपूर्ति गरिनेछ ,त्यो भवन अनाथालय मात्र नभएर घरभित्रको फोहोर व्यवस्थापन, बढ्दो पानीको संकट कसरी कम गर्ने, आफैंले आफ्ना लागि बिजुली र इन्धन उत्पादन, इकोसिष्टममा आधारित कृषि अवलम्बन गर्दै परनिर्भरता कम गर्दै कसरी खुसी जीवन जिउन सकिन्छ भनेर सिकाउने शिक्षण केन्द्रसमेत हुनेछ ।
विश्वकै एउटा नमुनाको रुपमा उभिन सक्ने लालीगराँस भवन निर्माणका लागि लगानीकर्ता अमेरिकी नागरिक क्रिष्टोफर गिसले कोलोराडोस्थित आफ्नो सम्पत्ति विक्रीसमेत गरिसकेको र थाइल्याण्डस्थित उनको घरसमेत बैंकमा धितो राखेर किशोर लोहनीको नेतृत्वमा उक्त उदाहरणीय भवन निर्माण ।
प्रतिक्रिया