मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

नर्सिङ सुन्दरीले गरे रत्तदान

नर्सिङ सुन्दरीले गरे रत्तदान


काठमाडौं, १७ फागुन । ‘रक्तदान जीवनदान’ मूल नारालाई आत्मसाथ गर्दै ‘मिस नर्स नेपाल’ का सहभागीले राजधानीमा रत्तदान गरेको छन् । मिस नर्स नेपालको आयोजना र नेक्स्ट मोडल्स नेपालको संयोजन रहेको उक्त बृहत रक्तदान कार्यक्रममा ३१ जना आफ्नो रगत दान गरे 
 
आइतबार अबेर साझसँग नोबेल हस्पिटलको प्राङ्गण सिनामङ्गलमा आयोजित कार्यक्रमबाट संकलित रगत सोही नोबेल दिन हस्पिटललाई प्रदान गरिएको संयोजना नेक्स्ट अध्यक्ष रबि धमलाले जानकारी दिए । नेक्स्ट मोडल्स नेपालका सिईओ रवि धमला र एम.डी यत्ना पाण्डेको रत्तदानसँगै सुरु भएको कार्यक्रममा ‘मिस नर्स’ , ‘मोडल हन्ट’,‘ मोडल अफ द इयर’का सहभागीले उत्साहजनका रुपमा सहभागिता जनाएका थिए ।
 
कार्यक्रममा मिस नर्स नेपालका तर्फबाट लक्ष्मी रिजाल, मोडल हन्ट नेपालबाट निराजन श्रेष्ठ, मोडल अफ द इयरबाट पंकज प्रसुनको पहलमा बिषेश थियो ।
 
कार्यक्रमबाट बिभिन्न गु्रपका रगतहरु उपलब्ध भएकोले स्वथ्य उपचारमा उक्त रगतक भरपुर प्रयोग हुने नोबेल हस्पिटलले जनाएको छ । नर्सहरुलाई समाजसेवासँग अझ जिम्बेवार बनाउन रक्त दान कार्यक्रममा नर्सिङ सुन्दरीलाई सहभागीता गराएको जोड्न रक्तदान कार्यक्रम आयोजना गरिएको नेक्स्ट मोडल्सका एम.डी यत्ना पाण्डेले जनाकारी दिइन् ।