मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विभागिय भिडन्तमा आर्मीले पुलिसलाई ३ गोलले हरायो

विभागिय भिडन्तमा आर्मीले पुलिसलाई ३ गोलले हरायो


राष्टिय लिगको विभागिय भिडन्तमा नेपाल पुलिसलाई पराजित गर्दै त्रिभुवन आर्मी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
 
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नवयुग श्रेष्ठले ह्याटिक गरेपछि आमीले पुलिसलाई ३-० ले पराजित गरेको हो । नवयुगले खेलको १५ औं मिनेटमा पहिलो गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको आर्मीका लागी नवयुगले दोस्रो हाफमा २ गोल थपे । नवयुगले ६५ औं मिनेटमा दोस्रो तथा इन्जुरी टाइमको चौथो मिनेटमा तेस्रो गोल गरेका थिए । 
 
जितसंगै ८ खेलबाट थ्री स्टार  र शसस्त्र एपिएफ समान १४ अंक जोडेको आमी तेस्रो स्थानमा उक्लेको हो । सेनाको ८ खेलबाट ३ जित र ५ बराबरीसंगै १४ अंक छ । थ्रीस्टारको पनि १४ अंक नै भएपनि गोलअन्तरमा अगाडी छ भने एपिएफको गोल अन्तरमा पछि पर्दै चौथो स्थानमा झरेको छ । शिर्ष स्थानमा रहेको झापाको ९ खेलबाट १७ रंक छ ।