मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

नेपाली काग्रेसका युवा नेता गगन थापासंग गरिएको कुराकानी

नेपाली काग्रेसका युवा नेता गगन थापासंग गरिएको कुराकानी


गगन थापा नेपालका युवा राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन्। प्रखर वक्ता थापा जनआन्दोलन-२ बाट राजनीतिक बृत्तमा चिनिएका हुन्।
 
उनको जन्म २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भएको हो। उनका मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापा हुन्। गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्। दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे। त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवारमा पनि त्यही सिकाइन्थ्यो, विद्यालयमा पनि। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९मा पढ्थे। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।
 
नेपाली काग्रेसका युवा नेता गगन थापा अन्य समूहबाट संविधान सभाषदमा निर्वाचित भएका हुन्। राजाको सक्रिय शासन विरुद्ध भएका आन्दोलनमा पुर्‍याएको योगदान कै कारणले पार्टी संविधान सभाषदमा विजयी बनाएको उहाले बताउनुभयो। २०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा नै सहभागिता जनाएको बताउने थापाले क्याम्पस जीवन मै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा रहेर राजनीतिमा प्रवेश गर्नुभएको हो।
 
समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। १२, १३ पटक हिरासतमा परेका थापाले चलचित्र हेर्ने र राजधानी बाहिर घुम्ने आफ्नो रुचि भएको बताउनुभयो।
 
संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसींह केसी की छोरी अञ्जनाके.सी सग २०६५ वैशाखमा विवाह गर्नुभयो। संविधान सभामा दलहरू बीचमा सहमति बनाउन आफ्नो प्रमुख प्रयास रहने थापाले बताउनुभयो।