मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / जीवनशैली   

कञ्चनपुरमा ‘एन्टी स्नेक भेनम’ अभाव

कञ्चनपुरमा ‘एन्टी स्नेक भेनम’ अभाव


कञ्चनपुर– कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा विषालु सर्पले टोकेमा उपचार गर्नका लागि आवश्यक औषधि ‘एन्टी स्नेक भेनम’को अभाव भएको छ ।
 
बर्खायाम सुरु भएसँगै सर्पले टोकेका बिरामीको सङ्ख्या बढ्न थाले पनि उपचारका लागि आवश्यक पर्ने औषधिको अभाव भएको हो । 
 
‘१५० वटा ‘एन्टी स्नेक भेनम’ मात्रै मौज्दात रहेको छ’, अस्पतालका शाखा अधिकृत शिव सिंह भण्डारीले भने, ‘सर्पदंश लागेर आउने बिरामीको चापलाई हेर्दा अझै ४०० भन्दा बढी भाइल आवश्यक पर्दछ ।’
मौज्दातमा रहेको औषधि तीन–चारजना बिरामीका लागि मात्रै पुग्ने भएकाले चाँडै आपूर्ति नगरिए सर्पदंशका बिरामीलाई उपचार गर्न निकै अप्ठेरो पर्ने उनले बताए ।
 
 दैनिक दुईदेखि तीनजनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । कञ्चनपुरकै अर्जुनीमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा समेत सो औषधिको अभाव रहेको छ । रासस

शेयर गर्नुहोस:

0
Shares