मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

चितवनमा सैनिक अस्पताल स्थापना गर्न माग

चितवनमा सैनिक अस्पताल स्थापना गर्न माग


चितवन । भूपू सैनिकहरुले चितवनमा सुविधा सम्पन्न सैनिक अस्पतालको स्थापना गर्न माग गरेका छन् ।
 
नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासहितको भूतपूर्व सैनिक सम्मेलन एवम् भेटघाट कार्यक्रममा भूपू सैनिकहरुले खाईपाई आएको भत्ता पनि वृद्धि हुनुपर्ने माग गरेका छन् । भूपू सैनिकहरुले मासिक ४ सय भत्ताबाट वृद्धि गरी १ हजार हुनुपर्ने र मृतक सैनिकका परिवारले सैनिक सरह पेन्सन पाउनुपर्ने माग गरेका छन् ।
 
सम्मेलनमा भूकम्पका कारण ज्यान गुमाएका सैनिकका परिवार र घाइते भएका १२ सैनिकसहित तिनका आफन्तलाई नगद १ लाखका दरले राहत प्रदान गरिएको थियो ।
 
त्यस्तै, रसुवा जिल्लाको लामटाङमा सेवा क्षेत्रभित्रै भूकम्पका कारण मृत्यु भएका सिपाही सोमराज कुमालका बुबा लालबहादुर कुमाललाई ३ लाख २५ हजार रकम राहत प्रदान गरिएको छ ।