मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

ग्रान्डीमा कोव्लेसन प्रविधिबाट टन्सिलको शल्यक्रिया

ग्रान्डीमा कोव्लेसन प्रविधिबाट टन्सिलको शल्यक्रिया


राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा नेपाल मै पहिलोपटक अत्याधुनिक कोव्लेसन प्रविधि प्रयोगगरी टन्सिलको शल्यक्रिया गरीएको छ ।
 
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको नाक कान घाँटी विभागका चिकित्सकहरु डाक्टर प्रकाश काफ्ले र डाक्टर आनन्द घिमिरेको टोलीले आज ११ बर्षिय सुजन लामाको टन्सिलको शल्यक्रिया कोव्लेसन प्रविधिबाट गरेका हुन्।
 
कोव्लेसन प्रविधि रेडियो फ्रिक्वेन्सी प्रयोग हुने भएकाले शल्यक्रियाको समयमा दुखाइ कम हुनुका साथै समय पनि कम लाग्ने , रक्तश्राव शून्य वरावर हुने र घाउ समेत चाँडै निको हुने लामाको उपचारमा संलग्न ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका नाक कान घाँटी बिभागका प्रमुख डाक्टर प्रकाश काफ्लेले जानकारी दिएका छन्।
 
अत्याधुनिक कोव्लेसन प्रविधि आज नेपालमा नै पहिलोपटक ग्रान्डी अस्पतालमा प्रयोग भएको हो । यस प्रविधिबाट टन्सिल ,एडेनोइड बढेको नाक र निन्द्रामा घुर्ने समस्याको शल्यकृयाबाट उपचार गर्न सकिने र यो प्रविधि स्वर यन्त्रको शल्यक्रियामा समेत प्रयोग हुने नाक कान घाँटी बिभागका डाक्टर आनन्द घिमिरेले जानकारी दिएका छन्।
 
शल्यक्रियामा गान्डी अस्पतालका एनेस्थेसियोलोजिष्ट डाक्टर मुरारी उप्रेति र डाक्टर अर्चन अधिकारी र नर्सिङ स्टाफ सोफियाले पनि साथ दिएका थिए।