मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

एमबिबिएसको शुल्क ३५ लाख रुपैयाँ

एमबिबिएसको शुल्क ३५ लाख रुपैयाँ


काठमाडौं– चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति बनाउन गठित उच्च स्तरीय कार्यदलले एमबिबिएसको शुल्क ३५ लाख रुपैयाँ तोकेको छ ।
 
 कार्यदलका संयोजक केदारभक्त माथेमाले आज प्रधानमन्त्री शुसिल कोइरालालाई बुझाएको ‘चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलको प्रतिवेदन–२०७२’मा उक्त शुल्क उल्लेख छ ।
 
 
अहिले मेडिकल कलेजले एमबिबिएसको शुल्क ४५ लाख रुपैयाँसम्म लिइरहेका छन् ।
 
माथेमाको संयोजकत्वमा रहेको कार्यदलले ६ महिना लामो अध्ययन पश्चात् उक्त प्रतिवेदन तयार पारेको हो ।  विशेषज्ञ र  सर्वसाधरणका रायसुझावलाई समेत समेटिएको बताइएको छ । 
 
 माथेमा संयोजकत्वको कार्यदलमा केयुका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा, आइओएमका पूर्वडिनहरू डा.मदन उपाध्याय र डा. रमेशकान्त अधिकारी, पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. अर्जुन कार्की, शिक्षण अस्पतालका पूर्वनिर्देशक डा. भगवान कोइराला र शिक्षा र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।