मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

बिषाक्त मदिरा सेवनबाट १ सय जनाको मृत्यु

बिषाक्त मदिरा सेवनबाट १ सय जनाको मृत्यु


नयाँ दिल्ली– भारतमा घरमै बनाइएको विषाक्त मदिरा सेवन गरी मर्ने व्यक्तिको सङ्ख्या आइतबारसम्म करिब १०० पुगेको समाचार छ । मुम्बइ वरिष्ठ प्रहरीले सोमबार सो जानकारी दिएका छन् ।
 
भारतको पश्चिमी नगरका प्रहरी उपआयुक्त धनञ्जय कुलकर्णीले गैरकानुनी रूपमा बनेको मदिरा सेवनगरी मर्नेको सङ्ख्या शनिबारसम्म ९० पुगेकामा आइतबार बढेको जानकारी दिए ।
 
उहाँले यसरी मर्ने व्यक्तिको सङ्ख्या १०० पुगेको तथा ४५ व्यक्तिको अस्पतालमा अझै उपचार भइरहेको बताएका छन् ।
गैरकानुनी रूपमा उत्पादन भएका मदिरा सेवन गरेर बुधबारदेखि मानिसहरू बिरामी पर्न थालेका हुन् । आइतबार पनि यस्ता बिरामी अस्पतालमा भर्ना भइरहेका प्रहरी उपआयुक्तले कुलकर्णी बताए ।
 
नगरको उत्तरी भागमा अवस्थित मालाड वेस्टमा रहेको गरिब बस्तीमा यस्ता मदिरा बिक्री गरेको भनी पाँच व्यक्तिलाई पक्राउ गरिएको छ ।
 
आफ्नो क्षेत्रमा यस प्रकारको मदिरा बिक्री गर्न दिएको र लापर्बाही गरेको भनी आठ प्रहरी अधिकारीलाई निलम्वन गरिएको जानकारी दिइएको छ ।
 
ती मदिरामा अधिकमात्रामा मेथानल रहेको छ कि छैन भनी अनुसन्धान भइरहेको छ । सन् २००४ मा पनि मुम्बइमा यस्तै प्रकारको घटना भएको थियो र त्यस समयमा करिब १०० व्यक्तिको मृत्यु भएको बताइएको छ ।