मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

जानकी मेडिकल कलेजका विद्यार्थीले धर्ना

जानकी मेडिकल कलेजका विद्यार्थीले धर्ना


काठमाडौं- कलेज व्यवस्थापनको लापरबाहीका कारण सात महिनादेखी लगातार पठानपाठन ठप्प भएको भन्दै पठानपाठन सुचारुको माग लिएर जानकी मेडिकल कलेजका विद्यार्थीले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा धर्ना दिएका छन् । 
 
व्यवस्थापनको झगडाका कारण पठपाठन प्रक्रिया सुचारु हुन नसकेपछि कलेजका विद्यार्थीहरु फेरि आन्दोलनमा उत्रन बाध्य भएका हुन् । 
 
पटक पटकको आग्रह र आन्दोलनलाई वेवास्ता गर्दै डाक्टरी विद्यार्थीको भविष्य अन्धकार पार्न खाजेको भन्दै विद्यार्थीले मंगलबार डिन कार्यालय अगाडी धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा जानकीका करिब डेढ सय विद्यार्थी सहभागी थिए । विद्यार्थीले ६ दिनदेखी काठमाडौंमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । 
 
कलेज व्यवस्थापनले बेवास्ता गरेपछि करीब १ सय ५० जना पीडित विद्यार्थीहरु दबाबमूलक कार्यक्रमका लागि काठमाडौं आएका हुन् । पीडित विद्यार्थीहरुले शिक्षा मन्त्रालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र मेडिकल काउन्सिलमा पटक/पटक ज्ञापन पत्र बुझाउदा पनि उनीहरुको माग सम्बोधन हुन सकेको छैन । यो विद्यार्थीहरुको ५०औं आन्दोलन हो ।
 
विद्यार्थीले सम्प्ूर्ण शैक्षिक तहमा अध्ययनरत विद्यार्थीलाई स्थान्तरणको माध्यमबाट व्यवस्थापन गर्नुपर्ने, स्थानान्तरण गर्दा आर्थिक, शैक्षिक र कानुनि व्यवधान विद्यार्थीलाई थुपार्न नहुने लगायतका माग राखेका छन् । एमबिबिएस चौथो वर्षमा पुग्दासम्म मुस्किलले ६ महिना पढाई भएको विद्यार्थीहरु बताउँछन् ।