मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

सिंगापुरमा पनि मर्सको सतर्कता

सिंगापुरमा पनि मर्सको सतर्कता


सिंगापुर, २८ जेठ । दक्षिण कोरियामा केही हप्तामात्र यतादेखि देखापरिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) को सङ्क्रमणमा कमी आउन नसक्दा एसियाका तथा दक्षिण कोरियाका छिमेकी देशहरुमा पनि यसप्रति सतर्कता अपनाउन थालिएको छ ।
 
अधिकारीहरुले कोरियामा यसको सङ्क्रमण बढ्दो मात्रामा रहेको बताएका छन् । त्यसैले अन्य छिमेकी देशमा पनि यसप्रति सतर्कता अपनाउन थालिएको हो ।
 
यसको सङ््क्रमित भई दक्षिण कोरियामा आजसम्ममा कम्तीमा पनि नौ जनाको ज्यान गइसकेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार थप एकजना गर्भवती महिलामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले जनाएका छन् ।
 
दक्षिण कोरियाबाट प्राप्त एक समाचारअनुसार यस सङ्क्रमणबाट हालसम्म त्यहाँ कम्तीमा पनि १२२ जना प्रभावित भएका छन् ।
 
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार हङ्कङ्मा पनि यस सङ्क्रमणको प्रभावका बारेमा सतर्कता अपनाइएको छ । तर यसको प्रभाव नरहेको पाइएको अधिकारीहरुले जनाएका छन् ।
उता सिंगापुरले पनि यस सङ्क्रमणबाट बच्न विभिन्न हिसाबले सतर्कता अपनाएको जनाइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ यसको सङ्क्रमण एक जनामा भेटिएको थियो ।
दक्षिण कोरियाको निकट देश हङ्कङ्मा पनि यसको सङ्क्रमण फैलिएको समाचार आएपछि त्यसको परीक्षण भएको र त्यहाँ यसको प्रभाव नभेटिएको समाचार आएलगत्तै सिंगापुरले पनि यसप्रति सतर्कता अपनाएको जनाएको हो ।
 
सिंगापुरका प्रधानमन्त्री लि एचसेन लुमले यस विषयमा सिंगापुर पूर्ण रुपमा सतर्क रहेको जानकारी दिए ।
उनले स्वास्थ्य अधिकारीहरुलाई देशमा यसको सङ्क्रमण भित्रिन नदिन पूर्ण रुपमा सतर्कता अपनाउन आदेश पनि दिए ।  अधिकारीहरुले केही समयअघि त्यहाँ एकजनामा यसको सङ्क्रमण भेटिएको जनाएका छन् । रासस÷सिन्ह्वा