मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

राष्ट्रपतिद्वारा वीर अस्पताल निरीक्षण

राष्ट्रपतिद्वारा वीर अस्पताल निरीक्षण


काठमाडौँ, १८ जेठ । भूकम्पले भत्किएको वीर अस्पतालको आज राष्ट्रपति डा रामवरण यादवले निरीक्षण गरेका छन् ।
 
राष्ट्रपति यादवले वीर अस्पताल परिसरका बहिरङ्ग, अन्तरङ्ग विभागका साथै नर्सिङ कलेज तथा छात्रावासलगायत भवनको निरीक्षण गरे ।
 
भूकम्पबाट अस्पतालमा भएको क्षतिका बारेमा राष्ट्रपति यादवलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा गणेश गुरुङले जानकारी गराएका थिए ।
 
सो क्रममा राष्ट्रपति डा यादवले इतिहास बोकेको चिकित्सा विज्ञान संस्थालाई चाँडो मर्मत तथा पुनःनिर्माण गरी पहिलाकै अवस्थामा पु¥याएर जनतालाई प्रभावकारी सेवा दिन निर्देशन दिए ।
 
भूकम्पले अस्पतालको नर्सिङ कलेजको छात्रावास र भान्छाकोठालगायत पूरै भवन क्षतिग्रस्त भएको छ । त्यहाँ सहरी विकास तथा भवन निर्माण विभागले रातो स्टिकर टाँसेको छ ।
 
त्यस्तै मुख्य भवनसँगैको बहिरङ्ग खण्ड मर्मत गर्नुपर्ने भएकाले पहेँलो स्टिकर टाँसिएको छ । अस्पतालको नयाँ सघन उपचार कक्ष, अर्बुद्ध रोग, महिला उपचार कक्षलगायत रहेको चारतले भवनमा रातो स्टिकर टाँसिएको छ ।
वीर अस्पतालमा चारवटा मुख्य भवनसहित नर्सिङ कलेज छात्रावासलगायतका भवन छन् ।
 
करिब ४७ रोपनी क्षेत्रफलमा फैलिएको १२७ वर्ष पुरानो वीर अस्पताल विसं १९९८ मा स्थापना भएको थियो ।
नेपालको पहिलो अस्पताल वीर अस्पताल आधुनिक चिकित्साको पहिलो सुरुवाती गर्ने अस्पताल भएको उपकुलपति डा गुरुङले बताए ।
 
भूकम्पले अस्पताल वन क्षतिग्रस्त भएपछि मुख्य भवनका सेवा अहिले शल्यक्रिया र अन्तरङ्ग सेवा ट्रमा सेन्टरमा सञ्चालन भइरहेको छ ।
 
वीर अस्पतालको मुख्यसहितका भवन मर्मतसम्भार गरी चाँडै सेवा सुरु गर्ने तयारी भइरहेको उपकुलपति गुरुङले जानकारी दिए ।
 
वीर अस्पतालका निर्देशक डा स्वयम्प्रकाश पण्डितका अनुसार हाल नर्सिङ कलेज र छात्रावास रहेको १७ रोपनी क्षेत्रफलको भवन भत्काएर एक हजार श्ययाको १५ तले भवन बनाउने तयारी भएको थियो तर भूकम्पका कारण अब ६५० श्ययाको छ तले भवन बनाइने छ । 
 
वीर अस्पतालमा चिकित्सक, कर्मचारीलगायत गरी करिब एक हजार २०० कार्यरत छन् ।
रासस