डयालस (अमेरिका) । नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गैर आवासीय नेपालीहरुलाई संबिधानले दिएको अधिकार बमोजिम नागरिकता दिनुपर्ने पक्षमा वकालत गरेका छन् ।
गैर आवासीय नेपालीहरुले संबिधानको धारा-१४ मा भएको प्रावधान अनुसारको नागरिकताले प्रभावकारी हुन नसकेको भन्दै वंशजका आधारमा नागरिकता दिनुपर्ने माग गरिरहेको सन्दर्भमा उपाध्यक्ष श्रेष्ठले पहिले संबिधानले दिएको व्यबस्था अनुसारको नागरिकतालाई प्रभावकारी बनाउनु पर्ने धारणा राखेका हुन् ।
पूर्ब परराष्ट्र मन्त्री समेत रहेका श्रेष्ठल शनिबार अमेरिकाको ड्यालसमा आयोजना गरिएको कार्यक्रममा गैर आवासीय नेपालीहरुलाई कुनै पनि शंका, अविश्वास नगरि नागरिकता प्रदान गर्ने सवालमा छलफल आवश्यक रहेकोमा जोड दिए ।
‘हामीलाई तपाईहरुको माटो प्रतिको मायाँमा कुनै शंका छैन, तर द्वैध नागरिकताको विषयमा हाम्रा छिमेकी भारत, पाकिस्तान, बंगलादेश र चीनमा समेत प्रावधान रहेनछ । त्यसो हुँदा संबिधानले दिएको गैर आवासीय नागरिकतालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आर्थिक कार्यविधि ल्याउन लागिएको छ’ उनले भने । मेरै पहलमा कन्सुलेट अफिस आएको होः अर्को एक प्रसंगमा पूर्ब परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो पहलमा ड्यालसमा कन्सुलेट अफिस स्थापना भएको दावी गरे ।
‘म परराष्ट्र मन्त्री भएकै समयमा टेक्सस, क्यालिफोर्निया र दुबईमा कन्सुलेट अफिस राख्नका लागि संगठनात्मक सर्वेक्षण भएर निर्णय भएको हो । अहिले भरखरै कर्मचारी भेट्दा उहाँहरुले पनि यो कुरालाई दोहोर्याएर तपाइएको पालामा भएको निर्णय अनुसार हामी यहाँ आएका हौँ भन्नुभयो’ श्रेष्ठले भने ।
ड्यालसमा स्थापना भएको कन्सुलेट अफिसको लागि नेपालका सबै दलहरुले जश लिने प्रयास गरिरहेका छन् । वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गरेको भन्दै एमाले निकट प्रवासी मञ्चले केही हप्ता अघि विज्ञप्ती प्रकाशित गरेको थियो । त्यस्तै कांग्रेस निकट जनसम्पर्क समितिले पनि परराष्ट्र मन्त्री डा. आरजु देउवाको पहलमा स्थापना भएको भन्दै जश लिने प्रयास गरेको छ । त्यो जश लिने लाइनमा श्रेष्ठको भनाई पनि नेकपा माओवादी पनि लागेको छ ।
ड्यालसमा कन्सुलेट अफिस स्थापनाको लागि अहिले नेपाल सरकारले सहसचिव र उपसचिव स्तरका दुई कर्मचारी पठाइसकेको छ । उनीहरुले भाडाको लागि भवन छनौट गरिरहेका छन् । अरु थप दुई कर्मचारी आउने क्रममा छन् ।
रविजी पनि राजनीतिक भागवण्डामा पछि हुनुहुन्नः

विगतमा संयुक्त सरकारमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी पनि भागवण्डा र अंश लिनेमा अछुतो नरहेको एक प्रसंग श्रेष्ठले सुनाए ।
‘म परराष्ट्र मन्त्री हुँदा सरकारले पहिलेनै नियुक्त गरिएका राजदूतहरुलाई नहटाउँ भनेँ । तर प्रधानमन्त्रीले मान्नुभएन । रविजी पनि त्यो मन्त्रीपरिषदमा गृहमन्त्री हुनहुुन्थ्यो । नयाँ राजदूत नियुक्तिको क्रममा उहाँले पनि पार्टीको भाग खोज्नुभयो, दक्षता हेर्नुभएन’ उनले भने ।
नयाँ पार्टी र भागवण्डामा नियुक्ति हुन हुँदैन भनेपनि व्यबहारमा उहाँहरु पनि अरु दल भन्दा थोरै पनि फरक मैले पाइन उनले थप उल्लेख गरे ।
सो अवसरमा नेपालले सोचे जति फड्को नमार्नुमा राजनीतिक समस्या, कर्मचारीतन्त्र, अस्थिरता, साधन स्रोतको सिमितता प्रमुख रहेको उनले बताए ।
गैर आवासीय नेपाली संघ अमेरिका, टेक्सस च्याप्टरको आयोजना भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले विदेशमा रहेका नेपालीहरुले आफ्नो हक अधिकार माग्न बारम्बार भेला हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै एक्काइसौ शताव्दीमा उदार हुन सरकारलाई आग्रह गरे ।
संघका अध्यक्ष दिपेन्द्र गुरागाईको अध्यक्षता भएको कार्यक्रममा युलेस सिटीका उपमेयर टीका पौडेलले नेपाली बा-आमाका सन्तानलाई नेपालले नचिन्ने र विदेशीको व्यबहार गर्ने पद्धतीमा सुधार गर्न अनुरोध गरेका थिए ।












प्रतिक्रिया