मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

प्याब्फोनले मन्दिरमा सत्यनारायण पूजा आयोजना गर्ने

प्याब्फोनले मन्दिरमा सत्यनारायण पूजा आयोजना गर्ने


अमेरिका, बोस्टन। अमेरिकाको बोस्टन सहर स्थित पशुपतिनाथ बुद्ध मन्दिरमा ‘सत्यनारायण पूजा’ आयोजना गरिने भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले गत वर्ष झैं यस वर्ष पनि बैशाख शुक्ल सप्तमी तिथिको अवसर पारेर ‘सत्यनारायण पूजा’को आयोजना गर्न लागेको हो। जस अनुसार उक्त ‘सत्यनारायण पूजा’ यही आउदो मे ४ तारिख आइतवार दिन 594 Washington Street, Braintree,MA-02184 स्थित आफ्नै सामुदायिक भवनमा स्थापित पशुपतिनाथ बुद्ध मन्दिरमा गरिने छ।

धार्मिक विधि अनुसार प्रभाकारी ढङ्गले सत्यनारायण पूजा सम्पन्न गर्न प्याब्फोन आवश्यकीय तयारीमा जुटिरहेको छ। रविसप्तमी तथा गङ्गा सप्तमीका दिन आयोजना गर्न लागिएको ‘सत्यनारायण पूजा’मा भक्तजनहरुको सहभागिताका लागि प्याब्फोनले सार्वजनिक आव्हान गरिसकेको छ। प्याब्फोनका कार्यकारी अध्यक्ष बिरोचन नेपालले हिन्दू धर्म अनुसार महत्वपूर्ण तिथिको अवसर पारेर गर्न लागिएको विशेष धार्मिक कार्यक्रममा भक्तजनहरुको उल्लेखनीय सहभागिता रहने अपेक्षा गर्दै पूजामा सहभागी भइदिन भक्तजनहरुलाई अनुरोध गरेका छन्।

Advertisement
ADVERTISEMENT

अध्यक्ष नेपालका अनुसार उक्त पूजामा कर्ताको भूमिका निर्वाह गर्न चाहने भक्तजनहरुले प्याब्फोनसंग सम्पर्क गरी सहयोग स्वरुप ५१ डलर दिएर आफ्नो नाम अग्रिम दर्ता गर्न सक्ने छन्। त्यसका लागि प्याब्फोनले अप्रिल २० तारिख आइतवारको दिन क्यूआर कोड सार्वजनिक गर्ने र नाम दर्ता खुला गर्ने तयारी गरेको छ।

अध्यक्ष नेपालका अनुसार, विहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने सत्यनारायण पूजामा, कर्ता हुन आफ्नो नाम दर्ता गराएका श्रद्धालु भक्तजनहरुलाई प्याब्फोनले आवश्यक पूजा सामग्रीहरु नि:शुल्क उपलब्ध गराउने छ। पूजा आयोजकले ‘सत्यनारायण पूजा’ विधिपूर्वक सञ्चालन गरी सम्पन्न गर्ने महत्पूर्ण जिम्मेवारी पशुपतिनाथ बुद्ध मन्दिरको पूजारीसमेत रहेका पण्डित गोकुल कंडेल र पण्डित रमेश पराजुलीलाई सुम्पेको छ। सत्यनारायण पूजा सम्पन्न भएसंगै साँझ विशेष भजन-कीर्तन र आरती कार्यक्रम हुने आयोजकले जनाएको छ।

हिन्दू धर्मग्रन्थ अनुसार सत्यनारायण पूजामा शाश्वत सत्यका अवतार भगवान विष्णुको विशेष पूजा गरिन्छ। यस प्रकारको विशेष पूजा, पाठ, प्रार्थना, आराधनाबाट भगवान विष्णु प्रसन्न भइ कृपा प्राप्त हुने र सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दिर्घायु प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

शेयर गर्नुहोस:

2.7k
Shares