मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
बिश्व घटना   
बोस्टन   

के म नेपाली हैन र …? शिर्षकमा एनआरएनएले कविता प्रतियोगिता गर्ने

के म नेपाली हैन र …? शिर्षकमा एनआरएनएले कविता प्रतियोगिता गर्ने


अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्(एनसिसि), अमेरिकाले ‘कविता प्रतियोगिता-२०२५’को आयोजना गर्ने भएको छ। संघ अन्तर्गत गठित नेपाली भाषा साहित्य समितिले ‘के म नेपाली हैन र…?’ भन्ने शिर्षकमा विश्व स्तरको कविता प्रतियोगिताको आयोजना गर्न लागेको हो।

नेपाली भाषा तथा साहित्यको संरक्षण, संवर्धन र प्रवर्धन गर्न र गौरवपूर्ण नेपाली पहिचानलाई थप मजबुत बनाउन यथासक्य योगदान पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। कविता प्रतियोगिताको सम्बन्धमा संघको नेपाली भाषा साहित्य समितिले सार्वजनिक सूचना जारी गर्दै विश्वभर छरिएर रहेका नेपाली कविहरुलाई उक्त विश्व स्तरको कविता प्रतियोगितामा भाग लिन आव्हानसमेत गरेको छ।

Advertisement

समितिले जारी गरेको सूचना अनुसार कविहरुले प्रतियोगितामा भाग लिनका लागि यही चैत्र १६, २०८१ अर्थात् मार्च ३१, २०२५ सम्ममा आफ्नो कविता दर्ता गरिसक्नु पर्ने छ। समितिका अनुसार प्रतियोगिताका लागि रचिएका कविता मौलिक, कतै पनि प्रकाशित नगरिएको र दुई सय शब्दमा नबढाई लेखिएको हुनुपर्ने छ। समितिले बनाएको नियम अनुसार प्रतियोगितामा एक कविले केवल एउटा मात्रै कविता प्रतियोगितामा सामेल गर्न सक्नेछन्।

समितिका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: छ सय, चार सय र तीन सय डलर पुरस्कारको व्यवस्था गरिएको छ। त्यसैगरी, प्रति व्यक्ति एक सय डलरको दरले थप तीन जनालाई सन्त्वना पुरस्कारसमेत प्रदान गरिने छ।

प्रतियोगितामा भाग लिन चाहने कविहरुले आफ्नो संक्षिप्त परिचयसहित सम्पर्क नम्बर, एउटा पासपोर्ट साइजको फोटो र प्रतियोगिताका लागि रचिएको कविता निर्धारित समय अवधि भित्र [email protected] मा पठाउनु पर्ने छ। प्रतियोगिताका लागि छनोट भएका कविताहरु समितिले प्रकाशि गर्दै आइरहेको ” साहित्य सौरभ” मा समेत प्रकाशित गरिने जनाइएको छ।

शेयर गर्नुहोस:

594
Shares