मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   
बोस्टन   
मनोरञ्जन   

तराई एसोसियसन अफ म्यासाच्युसेट्सले होली पर्व विशेष कार्यक्रम गर्ने

तराई एसोसियसन अफ म्यासाच्युसेट्सले होली पर्व विशेष कार्यक्रम गर्ने


अमेरिका, बोस्टन । नेपालको तराई क्षेत्रबाट अमेरिका आई म्यासाच्युसेट्स राज्यमा बसोबास गर्दै आएका प्रवासी नेपालीहरुको संस्था ‘तराई एसोसिएसन अफ म्यासाच्युसेट्स’ले होली पर्व विशेष कार्यक्रम गर्ने भएको छ। हिन्दू धर्मावलम्बीहरुको वहुआयामिक चाड ‘होली पर्व’ को अवसर पारेर उक्त होली पर्व विशेष कार्यक्रम गर्न लागिएको हो।

नेपालीहरुको धर्म, संस्कृति, परम्परा, रितिरिवाज, चाल चलन, नेपालीपन तथा पहिचान आदिको जगेर्ना गर्दै त्यसको पुस्तान्तरण गर्ने, आपसी एकतालाई मजबुत बनाउने र शुभकामना आदानप्रदान गर्दै मनोरञ्जन गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। सन् २०२१ मा स्थापना भई संस्थाको उद्देश्य प्राप्तिका लागि क्रियाशिल रहदै आएको यस संस्थाले स्थापना कालदेखि नै होली पर्वलाई विशेष रुपमा मनाउदै आइरहेको छ। यसै सिलसिलालाई निरन्तरता दिदै यस वर्षको होली पर्वलाई पनि सामुहिक रुपमा भव्यताका साथ मनाउन आवश्यक तयारी गरिरहेको एसोसिएसनले जनाएको छ। संस्थाका अनुसार आगामी मार्च २२ तारिख शनिवारका दिन 110 Haven Street, Riding, MA-01867 मा होली पर्व विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ।

तराई एसोसिएसन अफ म्यासाच्युसेट्सका अध्यक्ष टेकनाराण यादवका अनुसार विगतमा झैं यस वर्ष पनि ‘होली पर्व’ विशेष कार्यक्रमको आयोजना गरेर सामुहिक रुपमा हर्षोल्लासका मनाउन लागिएको हो। अध्यक्ष यादवले ‘होली पर्व’ धार्मिक दृष्टिले मात्र नभएर नेपालीपन र पहिचानका दृष्टिकोणले पनि निकै महत्वपूर्ण रहेको जिकिर गर्दै प्रवासी नेपालीहरुलाई कार्यक्रममा सहभागिताका लागि निम्तो दिएका छन्। धार्मिक दृष्टिकोणले असत्यमाथि सत्यको विजय उत्सवका रुपमा चित्रण गरिने होली पर्वको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमले नेपाली पहिचानलाई कायम राख्दै प्रवासमा रहेका नेपालीहरु बिचको भाइचारा र एकतालाई थप रसिलो र कसिलो बनाउने अध्यक्ष यादवको विश्वास रहेको छ।

होलीको तिथि मितिकै आसपासमा कार्यक्रम गर्ने चाहना हुँदाहुदै पनि अमेरिकाको अति व्यस्त जीवनशैली र कार्यक्रम गरिने स्थान उपलब्धताको अभावका कारण एकहप्ता पछि गर्नु परेको जनाउदै अध्यक्ष यादवले कार्यक्रममा प्रवासी नेपालीहरुको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरे। उनका अनुसार साङ्गीतिक माहोलका बिच मनाउन लागिएको उक्त कार्यक्रममा नेपाली स्वादका मिष्ठान्न खानेकुराहरुको पनि व्यवस्था गरिने भएको छ। आयोजकले उक्त कार्यक्रममा सहभागिताका लागि प्रवेश शुल्क स्वरुप १२ देखि १८ वर्षका लागि १५ डलर र १८ वर्षभन्दा माथिका लागि ३५ डलर टिकटको व्यवस्था गरी बिक्री सुरु गरिसकेको छ भने, १२ वर्ष मुनीका बालबालिकाहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गर्ने भएको छ।

रङ्गहरुको पर्वको रुपमा पनि चिरपरिचित होली पर्व अर्थात फागु पूर्णिमा नेपालमा दुई दिन मनाउने गरिन्छ। पहिलो दिन उपत्यकासहित पहाडि क्षेत्रमा र दोश्रो दिन तराई क्षेत्रमा विशेष रुपमा मनाउने गरिन्छ। हिजोआज यसको दायरा फराकिलो बनाउदै होली पर्वको खास तिथि मितिको केही दिन अघि र पछि पनि मनाउने प्रचलन बढेको छ। नेपाली पात्रो अनुसार यस वर्षको होली पर्व गत चैत्र १ र २,२०८१ तदनुसार मार्च १३ र १४, २०२५ मा परेको थियो। होली पर्व नेपालसंगै भारत र बङ्गलादेशमा पनि धुमधामका साथ मनाउने गरिन्छ। नेपाल, भारत, बङगलादेशलगायत विश्वका विभिन्न स्थानहरुमा रहेका हिन्दू धर्मावम्बीहरुले आफ्नो अनुकूलता अनुसार विविध कार्यक्रमहरुको आयोजना गरी यस वर्षको होली पर्व मनाए।