मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
टेक्सस   
मुख्य समाचार   

ड्यालसको पशुपतिनाथ मन्दिरमा शिवरात्री महोत्सव सुरु

ड्यालसको पशुपतिनाथ मन्दिरमा शिवरात्री महोत्सव सुरु


टेक्ससको ड्यालस फोर्टवर्थमा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो शिवरात्रीको महाेत्सव सुरु भएको छ ।

शिवरात्री पर्वको मुख्य दिन बुधबार भएपनि पशुपतिनाथ मन्दिरमा आइतबारबाटै चहलपहल र शिवरात्री महोत्सव थालनी भएको मन्दिर कार्यसमितिकी अध्यक्ष सीता सापकोटा बस्नेतले जानकारी दिइन् ।

Advertisement

महादेवको पूजा अर्चना सहितको कार्यक्रम हरेक साँझ आयोजना हुनेगरि मन्दिरले महोत्सव राखेको छ ।

बुधबार साँझ भने शिवरात्री कार्यक्रम विशेष रुपमा हुनेगरि महोत्सव कार्यक्रम राखिएको छ । शिवरात्रीमा हिन्दु धर्मवलम्बीहरुका आराध्यदेव महादेवको विशेष रुपमा पूजा गर्ने गरिन्छ । त्यस दिन महादेवलाई मन पर्ने चिजहरु खाएर भक्तजनहरुले पूजा गर्छन् ।

ड्यालसको पशुपतिनाथ मन्दिरले हरेक वर्ष शिवरात्रीलाई विशेष महत्वका साथ मनाउँदै आएको छ । यसवर्ष भने आइतबारदेखि बुधबारसम्म चारदिन अझै विशेष रुपमा मनाउन लागिएको मन्दिरका उपाध्यक्ष छबीमणि चापागाईले उल्लेख गरे ।

शिवरात्री महोत्सवको पहिलो दिन आइतबार मन्दिर ठूलो भीड लागेको थियो ।

 

 

शेयर गर्नुहोस:

4.7k
Shares