मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

आचरण विपरित गरेको ठहरमा पण्डित निष्कासित

आचरण विपरित गरेको ठहरमा पण्डित निष्कासित


ड्यालस ( अमेरिका) – ड्यालसको पशुपतिनाथ मन्दिरले एक पण्डितलाई आचरण विपरित कार्य गरेको ठहर गर्दै अर्को सूचना जारी नभएसम्मको लागि निष्कासन गरेको छ ।

मन्दिरले एक सूचना जारी मन्दिरको गतिविधिमा दैनिक रुपमा पण्डित संलग्न नभएपनि समय समयमा आवश्यकता अनुसार सहभागी हुने गरेकोमा हटाएको हो ।

Advertisement
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रद्वारा जारी गरिएको विज्ञप्ति

‘नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) ले DFW क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिर र बौद्ध बिहारलाई ध्यानमा राख्दै धार्मिक तथा सामाजिक मूल्यमान्यताको सम्मान गर्न अनुरोध गरेको छ।’

नराम्रो खबर के सेयर गर्नु भन्ने सोचेको थिए तर म जस्तो कसैले धोका नपाउन् भन्ने लाग्यो -मालिका केशरी ( प्रकाश श्रेष्ठ)

विज्ञप्तीमा भनिएको छ-‘हालसालै मन्दिर परिसरमा केही असामान्य गतिविधिहरू देखिएको भन्दै संस्थाले समुदायलाई सचेत गराएको छ।’ संस्थाकी अध्यक्ष सीता बस्नेत सापकोटाले धार्मिक स्थलहरूमा गरिमा कायम राख्नुपर्ने भन्दै सबैलाई संयमित व्यवहार गर्न आग्रह गर्नुभएको छ।

साथै, कुनै पनि किसिमको विवादास्पद गतिविधि वा गलत आचरण देखिएमा सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरिएको छ।

समाजमा सद्भाव, आस्था र संस्कृतिको सम्मान गर्न सबैको सहकार्य आवश्यक रहेको केन्द्रको धारणा छ ।

शेयर गर्नुहोस:

46.1k
Shares