मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

एनएसजिएफको छैटौँ राष्ट्रिय सम्मेलन सौराहामा हुने

एनएसजिएफको छैटौँ राष्ट्रिय सम्मेलन सौराहामा हुने

केशव भट्टराई

शेयर गर्नुहोस:

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाल स्काउट एन्ड गाइड फेलोसिप (एनएसजिएफ)को छैटौँ राष्ट्रिय सम्मेलन चितवनको सौराहास्थित होटल अमेजोन रिसोर्ट, बद्रहनीमा हुने भएको छ ।

यही माघ १६ र १७ गते हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एनएसजिएफका उपाध्यक्ष तीर्थराज न्यौपानेले जानकारी दिए । उनका अनुसार संस्थाका सभापति श्रीराम लामिछानेको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा हुन लागेको सम्मेलनमा साधारण सदस्य, आजीवन सदस्य तथा फाउन्डेसन सदस्य गरी देशभरबाट दुई सय जनाको सहभागिता रहने छ ।

कार्यक्रममा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्र रञ्जीत, कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी, खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनिया, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपाने, नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त रवीन दाहाल, पूर्वप्रमुख संयोजक चन्दन कौशिकको विशिष्ट आतिथ्यता रहने उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।

अन्तर्राष्ट्रिय स्काउटको नीति तथा कार्यक्रमहरुलाई अंगिकार गर्दै नेपालको स्काउटिङ विकासमा टेवा पुर्‍याउने उद्देश्यले स्थापित शैक्षिक तथा सेवामूलक सामाजिक संस्था  एनएफजिएफ नेपाल स्काउटसँग सहकार्य गर्ने संस्था हो ।

छैटौँ राष्ट्रिय सम्मेलनमा संस्थाका कोषाध्यक्ष बाबुकाजी डंगोलले आर्थिक प्रतिवेदन तथा अन्तर्राष्ट्रिय सचिव बैकुण्ठ मरहठ्ठाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । माघ १७ गते उद्घाटन कार्यक्रमपश्चात् संस्थाको दोस्रो चरणको कार्यक्रम सुरू हुनेछ ।