मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

रत्ननगरवासीलाई भरोसा हस्पिटलमा ४० प्रतिशत छूट दिने सम्झौता

रत्ननगरवासीलाई भरोसा हस्पिटलमा ४० प्रतिशत छूट दिने सम्झौता

केशव भट्टराई

शेयर गर्नुहोस:

243
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । रत्ननगर नगरपालिका र भरतपुर–१०, दूरसञ्चाररोडमा रहेको भरोसा हस्पिटल चितवन प्रालिबीच नगरवासीलाई स्वास्थ्य सेवामा छूटसम्बन्धी सम्झौता भएको छ ।

स्थानीय सरकारअन्तर्गत रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा र भरोसा हस्पिटल चितवन प्रालिका प्रमुख कार्यकारी अधिकृत रमेश खनियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौताको रोहवरमा नगर उपप्रमुख यादवप्रसाद पाठक, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद वाग्ले, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल र भरोसा हस्पिटल चितवनका प्रबन्धक विष्णु भट्टले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सो अस्पतालको जनरल बेड र नियमित ल्याब टेस्ट (स्पेसल परीक्षणबाहेक)मा रत्ननगरका बासिन्दाले ४० प्रतिशत छूट पाउनेछन् । यस्तै, आइसियू बेड, एक्सरे र शल्यक्रियामा ३० प्रतिशत छूट पाउनेछन् भने औषधि खरिदमा ७ प्रतिशत छूट पाउने छन् ।

भरोसा हस्पिटल चितवन प्रालिमा उपचार गराउन चाहने बिरामीले आफ्नो नागरिकता परिचयपत्रको फोटोकपी वा नगरपालिका वार्डको सिफारिस पत्र, फोन वा एसएमएसमार्फत जानकारी गराएमा छूट सुविधा प्राप्त गर्नेछन् ।

बिरामीले छूट सुविधा पाएको जानकारी अस्पतालले वेबसाइटमा राख्ने र बिरामीलाई गुणस्तरीय सेवाका लागि ध्यान दिनुपर्ने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । यस्तै, संयुक्तरूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा अस्पताल (दोस्रो पक्ष)ले शिविर सञ्चालन गर्दा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्ने छ भने व्यवस्थापन हेर्नको लागि तल कर्मचारीको व्यवस्था मिलाउने सहमति भएको छ ।

यसैगरी, प्रथम पक्ष अर्थात रत्ननगर नगरपालिकाले १६ वटै वडाहरुका वासिन्दालाई छूटसम्बन्धी जानकारी गराउनुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । छूट प्राप्त गर्नका लागि बिरामीकोे नागरिकता परिचयपत्रको फोटोकपी वा नगरपालिका वार्डको सिफारिस पत्र, फोन वा एसएमएसमार्फत जानकारी गराउने व्यवस्था गर्नुपर्ने छ ।

यस्तै, विशेष छूटसम्बन्धी जानकारी आफ्नो सूचनापाटीमा टाँस्ने र वेभसाइटमार्फत जानकारी गराउनुपर्ने छ । यस्तै, संयुक्तरूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा नगरपालिका (प्रथम पक्ष)ले शिविर सञ्चालनको लागि आवश्यक समन्वय, सामान्य औषधिको व्यवस्था गर्नुपर्ने छ ।

सम्झौतापत्रमा दुवै पक्षले पालना गर्नुपर्ने शर्तहरु पनि उल्लेख गरिएको छ । जसमा बिरामीले स्वास्थ्यसेवा लिनको लागि केही समस्या परेमा या गुनासो भएमा दुवै पक्षले तुरुन्त समाधान गर्ने, तथ्याङ्क अद्यावधिकका लागि बिरामीले ओपिडी कार्डको पछाडि हस्ताक्षर गर्नुपर्ने, छूट प्राप्तिको लागि कुनै एक कागजपत्र उपलब्ध हुनुपर्ने, छूट सुविधा लागू गर्नेक्रममा केही विवाद सृजना भएमा या शर्तहरु बाझिएमा नेपाल सरकारको नियम कानुनबमोजिम अन्तिम निर्णय हुनेछ ।

नगरप्रमुख प्रलाद सापकोटाका अनुसार यो सम्झौता २०८१ मंसिर २७ गतेदेखि २०८२ चैत मसान्तसम्म लागू हुनेछ भने सम्झौता कुनै एक पक्षले रद्द गर्न चाहेमा एक पक्षले अर्को पक्षलाई कम्तिमा लिखित पत्र पठाएको ३० दिनपश्चात स्वतः रद्द हुन प्रावधान राखिएको छ ।

कार्यक्रममा नगरप्रवक्ता एवं रत्ननगर-१ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटालगायतको सहभागिता रहेको थियो ।