मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पत्रकार महासंघको वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यको उमेदवारी

पत्रकार महासंघको वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यको उमेदवारी

केशव भट्टराई

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनका वरिष्ठ पत्रकार दीपक आचार्यले नेपाल पत्रकार महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएका छन् । नेपाल प्रेस युनियन चितवन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट आचार्यले केन्द्रीय वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पदका उमेदवार वरिष्ठ पत्रकार आचार्यले हाल नेपालको पत्रकारिता विषम परिस्थितिमा रहेको तथा पत्रकारिता कमजोर भयो भने आम नागरिकको सूचनाको हक संकुचित हुने भएकाले पत्रकारहरुको हकहितको मुद्दालाई प्राथमिकता दिँदै आफूले उमेदवारी दिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघको निर्वाचनका लागि नेपाल प्रेस युनियन चितवन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट निर्मला शर्माको नेतृत्वमा साझा उम्मेदवार घोषणा गरिएको छ । शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिएका हुन् ।

यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा समिति संयोजकमा केसी लामिछानेले उम्मेदवारी दिएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार आचार्यले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासंघको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । आचार्य चितवनको पत्रकारिता क्षेत्रका एउटा मियोको रुपमा रहँदै आएका छन् ।

यसैबीच, व्यस्त समयका कारण पत्रकारहरुसँग भेटघाट र फोन संवाद गर्न नसके पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मतदान गरी सहयोग गर्न सबै पत्रकारसँग आग्रह गरेका छन् । आफू पत्रकारहरुसँगै रहेको र रहिरहने प्रतिबद्धता व्यक्त गर्दै व्यस्त समयलाई दृष्टिगत गरी आफू र आफ्नो प्यानलका सबै पत्रकार साथीहरुलाई मतदान गरिदिन आह्वान् गरेका छन् ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले देशभरका पत्रकारहरुको विश्वास जित्दै आएका आचार्यसहित निर्मला शर्माको नेतृत्वको साझा प्यानललाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।