मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

मुनाका हत्यारासंग १० लाख डलर धरौटी माग

मुनाका हत्यारासंग १० लाख डलर धरौटी माग


डिसेम्वर ४, ह्युस्टन। गत अगष्ट महिनामा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा समातिएका बबी साहसंग दश लाख डलर धरौटी माग भएको छ। हिजो डिसेम्वर ३ का दिन ह्युस्टनस्थित अदालतमा भएको सुनवाई पश्चात हत्या अभियुक्त बबीसंग सो धरौटी रकम माग भएको हो। गत अगष्ट २४ मा आफ्नै अपार्टमेण्टमा गोली हानी मारिएकी मुना पाण्डेको हत्या अभियोगमा हाल ह्यारिस काउण्टी जेलमा रहेका साहलाई घटनाको केही दिनमै स्थानीय प्रहरीले पक्रेको थियो।

नेप्लिज एशोसियसन अफ ह्युस्टनका सल्लाहकार द्रोण गौतमका अनुसार १० लाख डलर धरौटी राख्न सकेमा अभियुक्त साहले जेल बाहिर बसेर मुद्दा लड्न सक्नेछन्। मुना पाण्डेको हत्या पश्चात ह्युस्टनको नेपाली समुदायले स्थानीय प्रहरी, मिडिया लगायत उनको आमा अनिता सहित परिवारका सदस्यहरुसंग समेत आवश्यक समन्वय गरेको थियो भने मुनाको अन्त्यष्टि र आमाको सहयोगका लागि करिब ४० हजार डलर सहयोग संकलन गर्न समेत सघाएको थियो।

मुनाको अन्त्येष्टिका लागि ह्युस्टन आएकी उनकी आमा अझै नेपाल फर्केकी छैनन् भने छोरीको हत्यारा पत्ता लगाउन र कडा कानुनी कार्बाहीका लागि नेपाली समुदायको सहयोग मागेकी उनी आफैं भने हिजोको सुनुवाईका दौरान कोर्टरुममा नदेखिएको जानकारी हिमालय खबरलाई प्राप्त भएको छ।