मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

पार्टी सभापति देउवा र महामन्त्री थापाद्वारा प्रशंसा

केशव भट्टराई

शेयर गर्नुहोस:

675
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  स्थानीय सरकारको संंस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट बनाउन नेतृत्व गरेका रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा सम्मानित भएका छन् ।

नेपाली कांग्रेस स्थानीय तह समन्वय समितिले नगरप्रमुख सापकोटाको नेतृत्वको उच्च कदर गर्दै सम्मान गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् ।

कांग्रेसबाट निर्वाचित भएका सापकोटाले देशभरमै उत्कृष्ट काम गरेको मूल्याङकन गरेर सम्मान गरिएको कांग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह समन्वय विभागका संयोजक मधु आचार्यले बताए ।

बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँ पालिका र नगरपालिकालाई सम्मान गरेको हो । स्थानीय सरकारको नेतृत्वमा पुगेर पार्टीको गौरव बढाएको भन्दै पार्टी शेरबहादुर देउवाले सापकोटाको प्रशंसा गरेका थिए ।

यस्तै, महामन्त्री गगनकुमार थापाले आफ्नो जिम्मेवारीमा सफल भएकोमा बधाई दिँदै थप सशक्त भएर लाग्न आग्रह गरेका थिए । महामन्त्री थापाले उत्कृष्ट काम गर्नेलाई पार्टीले खोजी खोजी जिम्मेवारी दिने बताए ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्यासमा ल्याएको स्थानीय सरकारको संंस्थागत क्षमता स्वमूल्याङ्कनमा आर्थिक वर्ष २०७९/८० को गुणस्तर मूल्याङ्कनमा रत्ननगर नगरपालिका देशभरका स्थानीय तहमध्ये तेस्रो भएको थियो । सोही कारण पार्टीको केन्द्रीय तहको विभागले कार्यक्रम आयोजना गरेर मेयर सापकोटा र नगरपालिकालाई बधाई दिँदै सम्मान गरेको हो ।

सुशासन र संस्थागत क्षमताका लागि आफूले गरेको योगदानको कदर भएको भन्दै नगरप्रमुख सापकोटाले आभार प्रकट गरे । उक्त सम्मान सम्पूर्ण नगरवासी र मतदाताको सम्मान भएको उनले बताए ।