मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

क्यान्सर उपचारका लागि रत्ननगर नगरपालिका र क्यान्सर अस्पतालबीच सम्झौता

क्यान्सर उपचारका लागि रत्ननगर नगरपालिका र क्यान्सर अस्पतालबीच सम्झौता

केशव भट्टराई

शेयर गर्नुहोस:

243
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । रत्ननगर नगरपालिकाभित्रका क्यान्सर रोग लागेका विपन्न नागरिकका लागि उपचार सहयोग कार्यान्वयनका लागि आइतबार रत्ननगर नगरपालिका र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ ।

रत्ननगर नगरकार्यपालिकाको नगरसभाबाट आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार रत्ननगर नगरपालिकाभित्र बसोबास गरेका विपन्न नागरिकहरुलाई क्यान्सर रोग लागेमा उक्त रोगको निदान, औषधि र उपचार सहयोग कार्यान्वयनका लागि क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाबीच सम्झौता भएको हो ।

सम्झौतामा हस्ताक्षर गर्दै नगरप्रमुख प्रलाद सापकोटाले क्यान्सर रोगको उपचार महँगो हुने भएकाले स्थानीय सरकारको तर्फबाट पनि २५ हजार रुपैयाँ उपचार सहयोग गर्ने निर्णय गरिएको बताए । उनले सम्झौतापश्चात् यही भदौ १५ गतेदेखि उपचार सहयोग कार्यान्वयन हुने जानकारी दिए ।

सम्झौतामा हस्ताक्षर गर्दै प्रथम पक्ष क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पौडेलले केन्द्रीय सरकारबाट एक लाख, प्रदेश सरकारबाट ५० हजार सुविधा लिइसकेपछि स्थानीय सरकारबाट २५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिने बताए । नगरपालिकाको सिफारिसका आधारमा बिरामीको छुट्टाछुट्टै विद्युतीय अभिलेख राखी सम्झौताबमोजिम उपचार गर्दा लागेको खर्चको शोधभर्ना दोस्रो पक्षसँग माग गरिने उनले बताए ।

सम्झौतापत्रमा उपचारका लागि आर्थिक सहायता प्राप्त गर्नका लागि क्यान्सर रोगको निदान भई उपचार गराउनुपर्ने वा उपचाररत बिरामी हुनुपर्ने छ । उपचारका लागि केन्द्रीय सरकार, प्रदेश सरकारबाट प्राप्त रकमबाट आर्थिक रकम अपुग भई थप उपचार वा खर्च गर्नुपर्ने अवस्थाको बिरामी हुनुपर्ने प्रावधान राखिएको छ ।

सहायता रकम रोगको निदान, सो सम्बन्धी शल्यक्रिया, थप निदानात्मक सेवा, केमोथेरापी, रेडियोथेरापी, औषधि, औषधिजन्य सामग्री, शैय्या तथा सेवा शुल्कलगायतका उपचार व्यवस्थापनमा खर्च गर्न सकिने छ ।

सम्झौतापत्रमा साक्षीको तर्फबाट नगरपालिकाको तर्फबाट उपप्रमुख यादवप्रसाद पाठक, लेखा अधिकृत खडानन्द घिमिरेले हस्ताक्षर गरेका छन् भने क्यान्सर अस्पतालका तर्फबाट वरिष्ठ लेखा अधिकृत पिताम्बर उपाध्याय र वरिष्ठ कानुन अधिकृत गोकर्ण सापकोटाले हस्ताक्षर गरेका छन् ।