मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सिमलताल बस दुर्घटना : २४ शव फेला, १५ जनाको सनाखत

सिमलताल बस दुर्घटना : २४ शव फेला, १५ जनाको सनाखत

केशव भट्टराई

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म २३ जनाको शव फेला परेको छ । प्रहरीकाअनुसार २४ मध्ये १५ शवको सनाखत भएको छ भने बाँकी ९ जनाको सनाखत हुन बाँकी छ ।

अहिलेसम्म सर्लाही जिल्लाको बरहुथवा नगरपालिका ३ निवासी १९ वर्षीय रमितकुसर माझी, चितवन माडी नगरपालिका १ बस्ने २२ वर्षीय विकास परियार, भारतको सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपाल शाह, सीतामणि बेतिया निवासी ३० वर्षीय जयप्रकाश ठाकुर, भारतको विहार बेतिया निवासी ३० वर्षीय सजाद अन्सारी, बारा जिल्लाको विश्रामपुर निवासी ४३ वर्षीय प्रमानन्द पण्डित, चितवनको भरतपुर महानगरापालिका २२ निवासी २३ वर्षीय सुदिप विकको सनाखत भएको छ ।

त्यसैगरी सर्लाही जिल्लाको रामनगर गाउँपालिका ३ निवासी २९ वर्षीय जितेन्द्रराम महरा, पर्साको सकुवा प्रसौनी गाउँपालिका २ निवासी २८ वर्षीया महिला चन्द्रप्रभा कुमारी चौधरी, रौटहटको परुहा नगरपालिका ६ निवासी ४० वर्षीय ऋषिकुमार सिंह, रौतहटकै गरुड गाउँपालिका ९ निवासी ९ वर्षीय बालक अशोककुमार यादव, रौतहटकै चन्द्रपुर नगरपालिका १० निवासी ४३ वर्षीय किशोरकुमार चौधरी, भारतको सीतामणि खाना बैरगनिहा ९ निवासी २७ वर्षीय विवेक कुमार, रौतहटको बोधीमाई नगरपालिका ७ निवासी २९ वर्षीया महिला अमृता कुमारी र रौतहटको यमुनामाई ५ निवासी २२ वर्षीय पुरुष तुलसी दासको सनाखत भएको छ ।

असार २८ गते शुक्रवार बिहान वीरगञ्जबाट काठमाडौँको लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरको लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीन जनाले आफूलाई बचाएका थिए । अझै कम्तीमा ३९ यात्रु बेपत्ता छन् ।

त्रिशूलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहे पनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।