मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्रजातान्त्रिक सेनानी स्व.तिलकबहादुर थापाको योगदान अनुकरणीय : डा कोइराला

प्रजातान्त्रिक सेनानी स्व.तिलकबहादुर थापाको योगदान अनुकरणीय : डा कोइराला

केशव भट्टराई

शेयर गर्नुहोस:

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । प्रजातान्त्रिक सेनानी स्व.तिलकबहादुर थापाको पाँचौँ दिनको पुण्यतिथिको अवसरमा रत्ननगर–१६ स्थित थापा निवासमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

नेपाली कांग्रेस रत्ननगर–१६ का वडा कार्यसमितिद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले बिपी कोइरालाको सहयात्री एवं प्रजातान्त्रिक आन्दोलनका सेनानी तिलकबहादुर थापाले समाजमा छाडेको छाप अनुकरणीय रहेको बताए ।

उनले संघर्षशील जीवन र आफ्नो लागि भन्दा अर्काको भलो चाहने नेता भएकै कारण बिपीको स्मरण गरिँदै आएको बताउँदै थापाले पनि अरुकै लागि अरुकै लागि काम गरेर गएकाले सम्मानको हकदार रहेको चर्चा गरे ।

फलको चिन्ता गर्नुहुँदैन, काम गर्नुपर्छ भन्ने मान्यता बोकेका बिपी कोइरालाको मार्गदर्शनमा हिँडेका कारण थापा सधैँ मनमस्तिष्कमा रहन सफल भएको बताए । मानिसको महत्त्व मरेपछिमात्र झल्किने भएकाले बाँचुन्जेल सत्कर्म र सामाजिक सेवामा प्रतिबद्ध हुनुपर्ने उनले बताए ।

नेपाली राजनीतिमा धेरै नेता पटकपटक प्रधानमन्त्री भए पनि बिपीपछि सुशील कोइराला नैै स्मरणमा आउने नेता रहेको उनले बताए । एकचोटिमात्रै प्रधानमन्त्री बनेका सुशील कोइरालाले ऐतिहासिक संविधान दिएर गएको भन्दै उनले स्मरण गरे । तिलकबहादुर थापाले दिएको शैक्षिक, सामाजिक, राजनैतिक योगदानको चर्चा गर्दै उनले श्रद्धा प्रकट गरे ।

स्व थापाको योगदानको चर्चा गर्दै नेपाली कांग्रेस चितवनका पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठले तिलकबहादुर थापा नेपाली कांग्रेसको राजनीतिक यात्रामा पूर्वी चितवनका औँलामा गनिनेमध्ये एक राजनीतिज्ञ भएको बताउँदै बिपीको सहयात्रीका रुपमा उनले निभाएको भूमिका अतुलनीय रहेको बताए । राजनैतिक, शैक्षिक र सामाजिक दृष्टिले आफूले १२ वर्षको उमेरदेखि नै थापाको योगदानबारे जानकारी पाएको उनले बताए ।

यस्तै, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले समाज रुपान्तरण र नेपाली कांग्रेस चितवनको इतिहासमा प्रेरणादायी भूमिका खेलेका थापाको जीवनी प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्दै बिपी कोइरालालगायत तमाम कांग्रेसजनको आश्रयस्थलका रुपमा रहेको थापा निवास आफैँमा ऐतिहासिक रहेको चर्चा गरे । थापाको प्रेरणालाई आत्मसात् गरेर अगाडि बढ्न पनि उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेपाली कांग्रेस रत्ननगर–१६ का वडा समिति सभापति देवबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रत्ननगर नगरकार्यसमितिका कार्यबाहक सभापति कमलनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा कांग्रेस वडा कार्यसमिति, नगर कार्यसमिति, प्रदेश ‘ख’ समिति र क्षेत्र नं–१ समितिले तयार पारेको समवेदना पत्र थापा परिवारलाई हस्तान्तरण गरिएको थियो । रत्ननगर नगरसमितिका सचिव अनिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा कांग्रेस नेताहरु, जिल्ला कार्यसमितिका पदाधिकारीहरु, क्षेत्रीय सभापति किरणभूषण ओली, रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा, कांग्रेसका नेता, कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।

१९८५ साउन ५ गते जन्मिएका थापाको २०८१ असार १७ गते ९६ वर्षको उमेर निधन भएको थियो । चारपटक प्रधानपन्च, विभिन्न क्याम्पस तथा विद्यालयहरुका संस्थापक रहेका उनको नाममा तिलकबहादुर चोकसमेत नामाकरण भएको थियो ।