मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रत्ननगर नगरपालिकामा संस्थागत विद्यालयका दुई विद्यार्थीले ल्याए चार जिपिए

रत्ननगर नगरपालिकामा संस्थागत विद्यालयका दुई विद्यार्थीले ल्याए चार जिपिए

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा दुई जना विद्यार्थीले एसइई परीक्षामा चार जिपिए ल्याएका छन् । संस्थागत विद्यालयका दुई जनाले चार जिपिए ल्याउँदा रत्ननगरका सामुदायिक विद्यालयतर्फ कुनै पनि विद्यार्थीले चार जिपिए ल्याउन सकेनन् ।

संस्थागततर्फ स्काइराइडर आवासीय माविका संयोग देवकोटा र पञ्चकन्या विद्या मन्दिरका कुशल पाण्डेले चार जिपिए ल्याएका हुन् । चितवनमा ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १६ जनाले मात्र चार जिपिए ल्याएका छन् । चितवनमा ४ जिपिए ल्याउने विद्यालयमा संस्थागत विद्यालय बढी छन् ।

९ वटा संस्थागत विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याउँदा सामुदायिकतर्फका २ वटा विद्यालयका विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन् । सामुदायिक विद्यालयतर्फ चितवन माध्यमिक विद्यालय र बालकुमारी कन्या माध्यमिक विद्यालयका विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन् ।

संस्थागत विद्यालयतर्फ डेजी सेकेण्डरी इङ्लिस स्कुल खैरहनी, नारायणी पब्लिक इङ्लिस स्कुल भरतपुर, लिटिल फ्लावर इङ्लिस स्कुल, अर्किड इङ्लिस स्कुल र स्मल हेभन मोडेल स्कुलबाट समान दुई/दुई जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।

यस्तै, पञ्चकन्या विद्यामन्दिर र स्काइराइडरसहित पोलार स्टार र अरोमा माध्यमिक विद्यालयबाट समान एक/एक जनाले ४ जिपिए ल्याएका हुन । जिल्लाबाट १० हजार ८ सय ३२ जना विद्यार्थीले परीक्षा दिएकोमा छ हजार ४१ जना विद्यार्थी उत्तीण भएका छन् ।

यस्तै, जिल्लामा ‘ए’ प्लस ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ९२ रहेको छ । ‘ए’ ग्रेड ल्याउनेको संख्या १ हजार ९ सय ९९ रहेको छ । जिल्लामा यस वर्ष ६ हजार ४१ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।