मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

खैरहनी नगरपालिकामा डेजी इङ्लिस स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपिए

खैरहनी नगरपालिकामा डेजी इङ्लिस स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपिए

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा एउटै विद्यालयका दुई जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । डेजी इङ्लिस बोडिङ सेकेन्डरी स्कुलका दुई छात्रले ४ जिपिए ल्याएका हुन् ।

खैरहनी नगरपालिका शिक्षा शाखाले दिएको जानकारीअनुसार सो स्कुलका आर्यन अधिकारी र सुगम गौतमले ४ जिपिए ल्याएका हुन् । डेजीबाट उनीहरुसहित ११४ जना एसइईमा सहभागी थिए । जसमध्ये १०५ जना उत्तीर्ण भए भने ९ जना पूरक परीक्षामा सहभागी हुन पाएका छन् ।

खैरहनीमा सामुदायिक विद्यालयको नतिजा चिन्ताजनक रहेको छ । सामुदायिकको तुलनामा संस्थागत विद्यालयको नतिजा भने राम्रो छ । तर, पनि लगानीअनुसार संस्थागत विद्यालयको नतिजामा प्रश्नचिह्न खडा भएको छ । समग्रमा भने खैरहनिको नतिजा आशातित देखिएको छ ।

यहाँ ५७.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । खैरहनीमा कुल ९७३ जना विद्यार्थी सहभागी भएकोमा ५६० जना उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ भने २५.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयबाट ३८४ जना सहभागी भएकोमा ९७ जना अर्थात २५.२६ प्रतिशत उत्तीर्ण भएका नगरपालिकाले जनाएको छ ।

संस्थागत विद्यालयमा भने कुल ५८९ जना विद्यार्थी सहभागी भएकोमा ४६३ जना उत्तीर्ण भएका छन् । खैरहनीबाट २२७ जनाले पूरक परीक्षा दिन पाउनेछन् ।