मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

मेमोरियल डेमा बोस्टन मेट्रो वेस्ट नेपाली कम्युनिटीको शुभकामना कार्यक्रम

मेमोरियल डेमा बोस्टन मेट्रो वेस्ट नेपाली कम्युनिटीको शुभकामना कार्यक्रम


अमेरिकाको म्यासाच्युसेट्स राज्यको नरउडस्थित बोस्टन मेट्रो वेस्ट नेपाली कम्युनिटीको आयोजनामा हिजो एक सामुहिक शुभकामना कार्यक्रम सम्पन्न भएको छ। संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत  मेमोरियल डेको अवसर पारेर शुभकामना कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा बोस्टनमा बसोबास गर्ने नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरुले एकआपसमा मेमोरियल डे(Memorial Day)को शुभकामना आदानप्रदान गर्नुका साथै स्वादिष्ट खानेकुराहरुका साथमा मनोरञ्जन गर्दै मेमोरियल डे मनाएका थिए। कार्यक्रम स्थलमा नेपाली गीत संगीतले शृजना गरेको सांगीतिक माहोलमा सहभागीहरुले भरपूर मनोरञ्जन गरेका थिए।

कार्यक्रमका बारेमा जानकारी दिदै संस्थाका अध्यक्ष सुरेश ढकालले कार्यक्रम प्रभावकारी, मनोरञ्जनात्मक र उपलब्धिमूलक भएको बताए। उनले कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जन, आपसी चिनजान गर्नु/गराउनुको साथै आत्मीय सम्बनधलाई थप बलियो बनाउनु रहेको र सो उद्देश्य पुरा भएको बताए। अध्यक्ष ढकालले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा सहभागिता जनाउनका लागि प्रतिव्यक्ति सहयोग शुल्क वापत २५ डलर लिइएको थियो भने, १० वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको थिए।

सन् २०१३ मा नरउड मेट्रोवेष्टका नामले जन्मिएको यस संस्था अहिले बोस्टन मेट्रोवेस्टका नामले चिरपरिचित छ। जन्मिएदेखि नै नेपाली समुदायको उत्थानका लागि विभिन्न सामाजिक क्रियाकलाहरुमा सक्रिय रहदै आएको यस संस्थाले, सन् २०१४ देखि नै प्राथमिकताका साथ आफ्नो प्रमुख वार्षिक कार्यक्रमका रुपमा मेमोरियल डे शुभकामना एवं बारबेक्यु कार्यक्रम गर्दै आइरहेको छ।