मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
खेलकुद   
टेक्सस   

ह्युस्टनमा नेपाली क्रिकेट टिमको विशेष स्वागत

ह्युस्टनमा नेपाली क्रिकेट टिमको विशेष स्वागत

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली क्रिकेट टिम अहिले टेक्ससको ह्युस्टनमा छ। वेस्ट इण्डिज र अमेरिकाको संयुक्त आयोजनामा जुन १ देखि शुरु हुने T20 विश्वकप खेलका लागि नेपाली टिम अहिले ह्युस्टन आइपुगेको हो। केही दिन पहिले नै अभ्यास खेलका लागि फ्लोरिडा र वेष्ट इण्डिजमा रहेको नेपाली क्रिकेट टोली आइतवार अबेर  ह्युस्टन  आइपुगेको हो।

टोलीले प्रेरिभ्यूस्थित क्रिकेट कम्प्लेक्समा मे २२ र २३ मा दुईवटा अभ्यासखेल खेल्ने कार्यक्रम रहेको छ। ह्युस्टनमा रहेको नेपाली क्रिकेट टोलीलाई ह्युस्टनको नेपाली संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टनले विशेष स्वागत गरेको छ। हिलक्रफ्टस्थित काठमाण्डु करी रेष्टुँरामा भएको संक्षिप्त स्वागत कार्यक्रममा नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेल सहित समस्त खेलाडीहरुलाई एनएएचका अध्यक्ष रविन श्रेष्ठले स्वागत गरेका थिए। कार्यक्रममा एनएचका पूर्व अध्यक्षद्वय मधुकर अमात्य र डा. विष्णु नेपाल, प्रथम उपाध्यक्ष द्रोण गौतम लगायतका पदाधिकारी एवं सदस्यहरु, ग्रेटर ह्युस्टन नेप्लिज च्याम्बर अफ कमर्स (जिएचएनसिसी) का अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ, गुल्मी समाजका अध्यक्ष लक्ष्मण भण्डारीसहित ह्युस्टनको नेपाली समुदायका प्रतिनिधिहरु पनि उपस्थित थिए।

एनआएनए अमेरिकाको मुख्य सहयोगमा आयोजना हुने अभ्यास खेल एनआरएनए-यूएसए कपको रुपमा आयोजना गरिएको आयोजकहरुले जनाएकाछन्। प्रतियोगितात्मक अभ्यास खेलमा ह्युस्टन हरिकेनले टिम नेपालसंग दुईवटा खेल खेल्ने छ। खेल आयोजनाका लागि एनआरएनए अमेरिकाले विशेष सहयोग गरेको छ भने एनएएच र साथी बाल्टिमोरले स्थानीय संयोजन र सहयोग गरेका छन्। खेल आयोजना र व्यवस्थापनका लागि जिएचएनसिसीले आयोजकलाई आर्थिक सहयोग गरेको जिएचएनसिसीका पदाधिकारीहरुले जनाएकाछन्।

गतवर्ष विश्वकप छनौट यात्रामा आएका बेला समेत एनएएचले नेपाली खेलाडीहरुको विशेष स्वागत कार्यक्रम आयोजना गरेर नेपाली क्रिकेट एशोसियसनलाई पाँच हजार डलर सहयोग समेत गरेको थियो। आफू बस्ने सहरमा आइपुगेको नेपाली क्रिकेट टिमका खेलाडीहरुलाई स्वागत र शुभकामना दिन एनएएचले राखेको संक्षिप्त कार्यक्रममा रेष्टुँरामा खान खान पुगेको कैयन नेपालीहरुले समेत खेलाडीहरुसंग साक्षात्कार गर्ने अवसर पाएका थिए।

तस्बिरः सुजन पण्डित/हिमालय खबर र एनएएच, ह्युस्टन