मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
क्यालिफोर्निया   

प्रवासी नेपाली मञ्च साधरणसभाको तयारीमा जुट्यो

प्रवासी नेपाली मञ्च साधरणसभाको तयारीमा जुट्यो


क्यालिफोर्निया– प्रवासी नेपाली मञ्च, अमेरिका दोश्रो साधारणसभा सफल बनाउन आवशयक तयारीमा जुटेको छ। आगामी मे २५ र २६ तारिख(शनिवार र आइतवार) क्यालिफोर्नियाको लस एन्जल्समा हुनगइरहेको दोश्रो साधारणसभाको मिति नजिकिदै गर्दा, साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुटेको हो। तयारीको दौरानमा गत अप्रिल १४ तारिख भर्च्युअल रुपमा बसेको बैठकले साधारणसभा मूल व्यवस्थापन कमिटीका संयोजक भीमप्रकाश ओलीद्वारा प्रस्तावित विभिन्न समितिहरु र त्यसमा रहने सदस्यहरु उपर छलफल गरी आवश्यक निर्णय गरेको थियो।

छलफल पश्चात् बैठकले आवश्यक विभिन्न कमिटीहरु गठन गरेर कार्यविभाजन गरी जिम्मेवारीहरुको बाँडफाँडसमेत गरेको छ।

गठन गरिएको समितिहरुमा मञ्च तथा कार्यक्रम व्यवस्थापन कमिटी, आर्थिक व्यवस्थापन कमिटी, प्रचारप्रसार कमिटी, साँस्कृतिक कार्यक्रम व्यवस्थापन कमिटी र अतिथि सत्कार तथा सहभागी व्यवस्थापन कमिटी रहेका छन्।

मन्च तथा कार्यक्रम ब्यबस्थापन कमिटीका लागि गोकर्ण दाहाललाई संयोजक तोकिएको छ भने, सदस्यहरुमा बिजय भट्टराई, मणी भण्डारी, चिरिन्जिबी गौतम, शम्भु शिवाकोटी, प्रकाश खनाल चयन भएका छन्। आर्थिक ब्यबस्थापन कमिटीको संयोजक गोबिन्द खनाललाई तोकिएको छ। र, भुवन अधिकारी, मणी भण्डारी, दिपक पाण्डे, दुर्गा आचार्य, बिष्णु न्यौपाने, चिरिन्जिबी गौतम, राजु श्रेष्ठ, शम्भु शिवाकोटी, प्रकाश खनाल, गणेश जिसी र सुरेश कुमार पोखरेल सदस्यमा मनोनित भएका छन्। यसैगरी, विजय बगालेको संयोजकत्वमा गठन गरिएको प्रचार प्रसार कमिटीको सदस्यहरुमा बिजय भट्टराई, भुवन अधिकारी, शंकर लुंगेली, सञ्जय सिंह, राजु श्रेष्ठ र केबी चलाउने रहेका छन्।

बैठकले साँस्कृतिक कार्यक्रम ब्यबस्थापन कमिटीका लागि जिएस खनाललाई संयोजक तोक्दै चिरिन्जिबी गौतम, राजु श्रेष्ठ र रिया भण्डारीलाई सदस्यको जिम्मेवारी सुम्पेको छ।

त्यसैगरी, चिरिन्जिबी गौतमको संयोजकत्वमा अथिति सत्कार तथा सहभागि ब्यबस्थापन कमिटी गठन गरिएको छ। जसमा बिनोद भेटवाल, कृष्ण गुरुङ, राजु श्रेष्ठ, शम्भु शिवाकोटी, प्रकाश खनाल, प्रभाकर प्याकुरेल, हेमराज राई, गणेश जिसी, केबी चलाउने र दिपक अधिकारी सदस्य रहेका छन्।

प्रनेम, राष्ट्रिय कमिटी, अमेरिकाका उपाध्यक्ष एवम् दोश्रो साधारणसभा मूल व्यवस्थापन कमिटीका संयोजक भीमप्रकाश ओलीको अध्यक्षतामा बसेको बैठकमा अतिथिको रुपमा प्रनेम, अमेरिका महादेश कमिटीका संयोजक ईश्वरी भट्टको सहभागिता रहेको थियो। बैठकमा राष्ट्रिय कमिटी अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, सचिव छबी पाण्डेलगायतले सुझाबहरुसहित आफ्नो भनाइ राखेका थिए। प्रचारप्रसार कमिटीका संयोजक विजय बगालेले बैठकको क्रममा हुनगइरहेको साधारणसभामा प्रमुख अतिथिको रुपमा नेपालबाट नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली र विशेष अतिथिको रुपमा प्रनेम, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाको उपस्थिति रहने जानकारी गराएका थिए।