मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

सम्मान स्वरुप आफ्ना दाताहरुको विवरण ताम्रपत्रमा लेखेर सार्वजनिक गर्ने प्याब्फोनको तयारी

सम्मान स्वरुप आफ्ना दाताहरुको विवरण ताम्रपत्रमा लेखेर सार्वजनिक गर्ने प्याब्फोनको तयारी


पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड (प्याब्फोन-PABFONE) ले संस्थागत लक्ष्य प्राप्तिको अभियानका क्रममा आर्थिक सहयोग गर्ने दाताहरुको अभिलेख राखी उनीहरुको विवरण ताम्रपत्रमा लेखेर सार्वजनिक गर्ने तयारी गरेको छ। प्याब्फोनले संस्थाको स्थापना कालदेखि हालसम्म आर्थिक दान गरेर अमूल्य योगदान पुर्याउने व्यक्तित्वहरुको सम्मान स्वरुप उनीहरुको नाम र गरिएको दान रकमसहितको विवरण सार्वजनिक गर्न लागेको हो।

संस्थाले जनाए अनुसार, बोस्टन सप्ताह पछिको साधारणसभाले दाताहरुद्वारा प्राप्त दानको अभिलेख राख्ने भनी गरेको निर्णय अनुसार चुस्त दुरुस्त अभिलेख तयार गरी दाताहरुको विवरण ताम्रपत्रमा सार्वजनिक गर्ने तयारीमा संस्था जुटिरहेको छ। यस सम्बन्धमा संस्थाले सार्वजनिक सूचना नै जारी गर्दै सम्बन्धित सबैलाई जानकारी गराएको छ। उक्त सूचनामा उल्लेख गरिए अनुसार दाताहरुको उच्च सम्मान गर्दै प्राप्त दान रकमको आधारमा एकलाख डलर वा सोभन्दा माथी दान गर्नेको संरक्षक स्तम्भमा, दशहजार डलर वा सो भन्दा माथी दान गर्नेहरुको गुठीयार स्तम्भमा, पाँचहजार वा सो भन्दा माथी दान गर्नेहरुको आजीवन सदस्य स्तम्भमा र दुइहजार वा सो भन्दा माथि दान गर्नेहरुको दाता स्तम्भमा नाम र दान रकम लेखी भवनको भित्तामा राखिने भएको छ भने, दुइ हजार भन्दा कम दान गर्नेहरुको अभिलेख भने अभिलेख पुस्तकमा समावेश गरिने भएको छ।

संस्थाले यस अघि दान दिने भनी प्रतिबद्धता जाहेर गरेका दाताहरुलाई उक्त दान रकम प्रदान गर्न बाँकी भएमा सो रकम र थप दान गर्ने इच्छा भएमा थप दान रकम प्रदान गरी र दान गर्न इच्छुक रहेका नयाँ व्यक्तिहरुलाई पनि आउदो सन् २०२४, मे ३१ तारिख सुक्रवारसम्ममा दान गरी ताम्रपत्र तथा अभिलेख पुस्तकमा समेटिन अनुरोध गरेको छ। यस कार्यका लागि संस्थाले संस्थाको वित्तीय समूहसंग सम्पर्क गरी आफ्नो नाम, ठेगाना र दान रकमका बारेमा स्पस्ट हुन/ गराउन सूचनामार्फत सम्बन्धित सबैलाई अनुरोधसमेत गरेको छ।

झण्डै १४ वर्ष अघि सन् २०१२ मा स्थापना भइ आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ बुद्ध मन्दिरको स्थापना गर्ने महत्वाकांक्षी लक्ष्य पूरा गर्न सफल यस संस्थाले, गत सन् २०२४, मार्च ३१ तारिख आइतवारका दिन, 594 Washington Street, Braintree स्थित आफ्नै सामुदायिक भवनमा बृहत् सम्मान कार्यक्रमको आयोजना गरी दाता तथा सहयोगीहरुलाई सम्मान गरेको थियो।