मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

नेपालीहरुको पहिलो एएफसी अर्जेन्ट केयर अमेरिकी दुइ राज्यमा

नेपालीहरुको पहिलो एएफसी अर्जेन्ट केयर अमेरिकी दुइ राज्यमा

दिनेश कार्की

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिइओ सुशिलचन्द्र पौडेल र बिजनेश डेभलपमेन्ट तथा मार्केटिंग डाइरेक्टर उमेश पनेरु

बस्टन(अमेरिका)- अमेरिकी दुइ राज्यमा नेपालीहरुले स्वास्थ क्षेत्रको फ्रान्चाइज एएफसी अर्जेन्ट केयर सञ्चालनमा ल्याउने भएका छन् । बस्टन नजिकको शहर नरउड र छिमेकी राज्य न्यू ह्याम्सर स्थित हडसन टाउनमा यी अजेन्ट केयर नेपाली पेशाकर्मी तथा लगानीकर्ताको कम्पनी नेप्रस इन्क ले सञ्चानमा ल्याउन लागेको हो् । म्यासाच्यूसेट्सको नरउडमा सञ्चालनमा आउन लागेको अर्जेन्ट केयरको निर्माण तथा रिनोभेसन पूरा भइ आगामी मे महिनाको पहिलो सातामा आफ्नो सेवा शुरु गर्ने अर्जेन्ट केयर नरउडका प्रमुख कार्यकारी अधिकृत सुशिलचन्द्र पौडेलले बताए । उनले भने, अहिले कर्मचारी भर्ना प्रकृयालाई बिट मार्ने क्रममा छौं भने अरु सबै तयारीहरु पूरा भइसकेका छन् ।

पौडेललका अनुसार न्यू ह्याम्सर राज्यमा खोल्न लागिएको अर्जेन्ट केयर पनि आगामी जून महिनाको अन्त वा जुलाइसम्ममा सञ्चालन गरिने लक्ष्य छ । न्यू ह्याम्सरको हडसनमा खोल्न लागिएको उक्त अर्जेन्ट केयर म्यासाच्यूसेट्सको बोर्डरमा बस्ने अमेरिकी जनसमुदायलाइ पनि पायक पर्ने स्थानमा रहेको छ । समाजलाई पनि फाइदा हुने केही काम गरौं भनेर मेडिकल क्षेत्रमा लगानी गरेका हौं, कम्पनीका सिइओ पौडेलले भने, माग बढि भएको तर आपूर्तीले सम्बोधन गर्न नसकिरहेको स्थानको खोजीको क्रममा हाम्रो व्यवसायीक रिसर्चबाट प्राप्त परिणाम अनुसार ती स्थानहरुमा खोल्ने निष्कर्षमा पुगेका थियौं ।

गैर आवासिय नेपालीको यो समूहले काठमाडौंको नयाँ बजारमा पनि काठमाण्डु प्याथ ल्याब सन् २०१९ देखि सञ्चालन गरिरहेको छ ।

एएफसी अर्जेन्ट केयर नरउड

कम गंभिर प्रकृतिका रोगहरु जसलाई निको पार्न तत्काल शल्यक्रिया गर्नु नपर्ने र डाक्टरको सिफारिसको औषधी खाए विसिक हुने खालका रोगको उपचारका लागि आजभोली अर्जेन्ट केयरको प्रयोग बढ्दो छ । अर्जेन्ट केयरहरुको प्रयोगले ठूला अस्पतालका इमर्जेन्सीमा बिरामीको चापलाई घटाउन पनि सघाउ पुर्याएको देखिन्छ ।

आकस्मिक कक्षमा गइहाल्न पनि खर्चिलो हुने र आफ्नो आधारभूत स्वास्थ चिकित्सकको समयतालिका पर्खन पनि धेरै दिन लाग्ने अबश्था तर औषधी खाएर निको हुन चिकित्सकलाई तत्कालै देखाउन पर्ने रोगका लागि अर्जेन्ट केयर उपयूक्त गन्तव्य हो ।

पौडेलले आफ्नो अर्जेन्ट केयरमा सरकारी इन्स्योरेन्स देखि प्रचलित सबै इन्स्योरेन्सहरु स्वीकार गरिने बताए । सातामा बिहान ८ बजेदेखि बुलुका ८ बजेसम्म र सप्ताहन्तमा बिहान ८ देखि बेलुका ५ बजेसम्म ति अर्जेन्ट केयर खुल्ला राखिनेछन् । नरउड साइटमा सातबटा जाँच कक्ष, प्रोसिजर कक्ष र एक्सरे सेवाका लागि छुट्टै कक्ष पनि रहेका छन् ।

नरउड साइटमा केही नेपाली मूलका कर्मचारीहरु रहेका कारण त्यहाँबाट सेवा लिन भाषाको समस्या भएका नेपाली लाभान्वीत हुनसक्ने छन् । सबैखालका जनसंख्या ह्वाइट, हिस्प्यानीक, एसियन, इण्डियन, र नेपाली रहेको नरउडमा करिब १०० घरधूरी नेपालीहरुको रहेको अनुमान छ ।

ब्यबस्थापनमा को को छन्

मेडिकल डाइरेक्टर डा. अशोक देवकोटा

स्वास्थ विज्ञान, वित्त र लेखा विधामा अध्ययन, अभ्यास र अनुभव हासिल गरेका दक्ष नेपाली पेशाकर्मी तथा लगानीकर्ताहरु यो अर्जेन्ट केयरको व्यवस्थापनमा संलग्न छन् । हार्भड युनिभर्सिटीमा १३ वर्ष कार्यअनुभव बटुलेका पौडेल त्यहाँबाट विदा हुनुअघि बरिष्ठ लेखा व्यवस्थापकको रुपमा कार्यरत थिए । युनिभर्सीटी अफ म्यासाच्यूसेट्स बस्टनबाट अकाउन्टींगमा एमएस र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमविए गरेका पौडेलसँग नबिल बैंक, हिमालयन बैंक र नेपाल बंगलादेश बैंकमा काम गरेको अनुभव पनि छ । अर्जेन्ट केयरका बिजनेश डेभलपमेन्ट तथा मार्केटिंग डाइरेक्टर उमेश पनेरु साउदर्न न्यू ह्याम्सर युनिभर्सिटीबाट जनस्वास्थमा स्नातकोत्तर गरेका छन् भने हार्भड विश्वविद्यायलको शिक्षण अस्पतालहरु सिएचए, ब्रिगम एण्ड विमेन्स र बस्टन चिल्ड्रेन्सको हिस्टोलोजी स्पेसलिष्टको रुपमा काम गरको अनुभव छ । अर्जेन्ट केयर नरउडको मेडिकल डाइरेक्टरमा डा अशोक देवकोटा रहेका छन्, जो हाल रोड आइल्याण्ड हस्पिटलमा प्राइमेरी केयर फिजिसियनको रुपमा विगत ८ वर्षदेखि कार्यरत छन् । डा श्रीधर पौडेल पनि अर्जेन्ट केयरको व्यवस्थापनमा रहेका छन् जो मास जनरल हस्पिटल तथा हार्भडका असोसियट प्रोफेसरको रुपमा कार्यरत मनोचिकित्सक हुन् । डा. पौडेलको नेपालको स्वास्थ तथा सामाजिक क्षेत्रमा हेल्थ फाउण्डेशन नेपाल मार्फत लामो समयदेखिको सक्रियता रहेको छ ।

अर्जेन्ट केयरमा उपचार पाउन अपोइन्टमेन्ट लिइरहनुपर्दैन । एएफसी अर्जेन्ट केयरको वेवसाइटमा उपलब्ध जानकारी अनुसार बालबालिकाको उपचार, घाँटी दुखेको, मूत्रनली संक्रमण, प्राइमरी केयर, डायवेटिज स्क्रिनिंग, ल्याब परिक्षणहरु, विभिन्न खोपहरुm, फ्लू सट, ट्राभल मेडिसिन, कोभिड १९ का सेवाहरु, र्यापिड टेस्टिंग आदि उपलब्ध हुन्छन् । विजनेश डेभलपमेन्ट तथा मार्केटिंग डाइरेक्टर पनेरुका अनुसार नरउड अर्जेन्ट केयरले इमिग्रेशनको लागि चाहिने स्वास्थ जाँच, विभिन्न सरकारी सेवा जस्तै डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट, विद्यालयहरु, कोस्ट गार्ड आदिका लागि चाहिने स्वास्थ प्रमाणिकरण(सर्टिफिकेसन) पनि उपलब्ध गराउने छ ।

अर्जेन्ट केयर खोल्ने प्रथम नेपाली

एएफसी अर्जेन्ट केयर नरउड

यो अमेरिकामा रहेका नेपाली मूलका व्यवसायीको लगानीमा खोल्न लागिएको पहिलो अर्जेन्ट केयर भएको नेपाली लगानीकर्ताको दाबी छ । अर्जेन्ट केयर नरउडका बिजनेस डेभलपमेन्ट तथा मार्केटिंग डाइरेक्टर पनेरुका अनुसार एएफसी अर्जेन्ट केयरको आधिकारिक डाटाबेशमा अरु नेपाली लगानीकर्ता व्यवसायीको नाम छैन । उनले भने, हामीले यो भेन्चर शुरु गर्नु अगाडि एएफसी अर्जेन्ट केयरको तीन वटा बिजनेश कन्फरेन्समा भाग लियौं त्यसमा हामी बाहेक अरु नेपाली थिएनन् । पनेरुले म्यासाच्यूसेट्स र न्यू ह्याम्सर पछि अन्य राज्य र स्थानहरुमा पनि फ्रान्चाइज विस्तार गरिने जानकारी दिए ।