मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रत्ननगर नगरपालिकालाई उत्कृष्ट वातावरण संरक्षण पुरस्कार

रत्ननगर नगरपालिकालाई उत्कृष्ट वातावरण संरक्षण पुरस्कार

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । रत्ननगर नगरपालिका वातावरण संरक्षणमा देशभरकै उत्कृष्ट नगरपालिका घोषित हुँदै पुरस्कृत भएको छ ।

नेपाल नगरपालिका संघको ३१औँ वार्षिकोत्सवका अवसरमा वन, वातावरण, जलवायु परिवर्तन र उत्थानशीलताका क्षेत्रमा उल्लेख्य काम गरेबापत रत्ननगर नगरपालिका पुरस्कृत भएको हो ।

काठमाडौँमा आयोजित एक औपचारिक समारोहबीच संघीय मामिला तथा सामान्य प्रशाशनमन्त्री भानुभक्त जोशीले नगरप्रमुख प्रलाद सापकोटालाई सम्मान–पत्र प्रदान गरेका हुन् ।

उक्त समारोहमा उपप्रमुख यादवप्रसाद पाठक, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, नगरप्रवक्ता कुलप्रसाद सापकोटा तथा वडाध्यक्षहरु सहभागी थिए ।