मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

सिटी काउन्सिलमा पौडेल निर्विरोध

सिटी काउन्सिलमा पौडेल निर्विरोध


ड्यालस (टेक्सस) । टेक्ससको नेपाली समुदायका चर्चित समाजसेवी टीका पौडेल युलेस सिटी काउन्सिल सदस्यमा निर्विरोध भएका छन् ।

तीन वर्ष अघि सिटी काउन्सिल सदस्यमा निर्वाचित पौडेल यस पटक निर्विरोध भएका हुन् । त्यतिखेर भारी मतले निर्वाचित पौडेलसँग प्रतिस्पर्धाका लागि यसपटक कसैले पनि मनोनयन पत्र दर्ता गरेनन् । पौडेल बाहेक कसैको पनि मनोनयनपत्र दर्ता नगरेको हुँदा उनी निर्विरोध भएका हुन् ।

युलेस सिटीको प्लेस-६ का लागि पौडेलको मात्र उम्मेदवारी दर्ता भएको छ । प्लेस-५ का लागि भने चार जनाको उम्मेदवारी परेको छ ।

तीन वर्ष अघि पौडेल निर्वाचित भएर आएपछि नेपाली समुदाय र अमेरिकी राजनीतिमा जोड्न पौडेलले निकै उच्चस्तरको भूमिका निर्वाह गर्दै आएका छन् । नेपाली समुदायमा मात्र नभएर श्वेत अमेरिकन, अश्वेत अमेरिकी, आप्रवासीहरुका बीचमा पनि पौडेल निकै लोकप्रिय भएका छन् ।

सिटी, काउन्टीका हरेक कार्यक्रमहरुमा सकृय सहभागीता जनाउने पौडेलको विकल्पमा कसैले पनि उम्मेदवारी दर्ता गर्ने आँट गरेनन् ।

युलेस सिटी ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा पर्ने एउटा प्रमुख शहर हो । संसारकै पाँचौ व्यस्त एअरपोर्ट ड्यालस फोर्टवर्थ अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको युलेस नेपालीहरुको रोजाईको सिटी हो ।

आउँदो नोभेम्बरमा राष्ट्रपति, सांसदको चुनाव हुने भएपनि सिटी काउन्सिल सदस्यको भने आउँदो मे महिना चुनाव हुँदैछ । सिटीका दुई काउन्सिल सदस्य हरेक वर्ष रिक्त हुँदै जाने नियम अनुसार यसवर्ष प्लेस ५ र ६ को निर्वाचन हुँदैछ । पौडेल निर्विरोध भएपछि अब प्लेस ५ को चुनाव मे ४ मा हुनेछ ।

पौडेल निर्विरोध भएपछि सिटीका सबै मतदाताहरुलाई धन्यवाद दिँदै युलेसलाई आवास, व्यबसाय, सुरक्षाको हिसाबले उत्कृष्ठ सिटी बनाउन आफू निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन् ।

हिमालय खबरका शुभेच्छुक पौडेल पुनः निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक वधाई र कार्यकाल सफलताको कामना गर्दछौ ।